साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डरलाई पनि डर

मैले सोचे यो निडर र डरको संसारमा कुनै दिन बेजोड प्रतिस्पर्धा चल्नेछ डरलाई पनि डर लाग्नेछ निडर अल्पमतमा परे पछि डरको सरकार बन्नेछ ।

Nepal Telecom ad

राम आचार्य ‘पुष्पप्रेमी’ :

लमतन्न सडक
सुनसान परिवेश
हामी दुई साथीको
गन्तव्यहीन यात्रा
साथी अघि हुँदा
म पछि
म अघि बढ्दा
ऊ पछि हुन्छ,
केवल संवाद मात्र
समानान्तर ।

उसले भन्यौ-
हौ ! साथी
यो डर पनि
कति हो कति,
एकान्तले निम्त्याउने डर
भइपरि आउने डर
यात्रा टुङ्गिने डर
थकान लाग्ने डर
बिसाउने चौतारी
नपाइने डर
पाइहाले ठाउँ
नपाइने डर,
शान्ति खल्बलिने डर
अशान्तिले पिरोल्ने डर
अभावको
भोकको
रोगको
शोकको अनि
भविष्य हराउने डर
अस्मिता लुटिने डर
मान्छेले मान्छे
नचिन्ने
वातावरणले पृथ्वी भुल्ने
अस्थित्व गुम्ने डर,
धम्की आउने
डनको डर
धनको डर
ढाँटिने
कुटिने
लुटिने र
खोसिने
सर्वत्र डरै डर ।

यात्रामा
मैले जति
डर देखेँ वा
अनुभूति गरेँ,
अगाडीको साथीलाई
कोट्याउँदै
प्रश्न गरेँ
हौ ! साथी
डर यथार्थ कि सत्य ?
उसको मलिन
अनुहारले नै देखाई
रहेको थियो
म भन्दा
उसलाई धेर डर
मैले सोचे
यो निडर र डरको
संसारमा
कुनै दिन
बेजोड प्रतिस्पर्धा
चल्नेछ
डरलाई पनि
डर लाग्नेछ
निडर अल्पमतमा
परे पछि
डरको सरकार बन्नेछ ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
घात प्रतिघात

घात प्रतिघात

राम आचार्य ‘पुष्पप्रेमी’
आयो तिहार

आयो तिहार

राम आचार्य ‘पुष्पप्रेमी’
सेतो हात्ती

सेतो हात्ती

राम आचार्य ‘पुष्पप्रेमी’
तीज संस्कृति : संस्मरण

तीज संस्कृति : संस्मरण

राम आचार्य ‘पुष्पप्रेमी’
सेतो हात्ती

सेतो हात्ती

राम आचार्य ‘पुष्पप्रेमी’
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x