साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुर्न नसकेको लगन

ल सुन्नुस् ! हजुरहरू, हुनेवाला बुहारीलाई केटो माग्न आएछ आज पनि ! उताबाट हतार गर्छन हाम्रा बाआमालाई चाहिँ केटो गतिलो चाहियो रे!

Nepal Telecom ad

रोशन पराजुली :

मान्छे गतिलो हुनु पर्‍यो नि त !
हेर्दाको डाल ढिँडाको काल !

“जतिसुकै कमाउने होस तर चालचलन राम्रो हुन पर्छ !” बुझ्यौ !

कमसेकम गतिलो खान्दानमा हात हाल्नु पर्छ, “भन्दा नलाग्ने !”

अजम्बरी खाए जस्तो कुरा गर्छन्, यी बुढा ।
आफू चाहिँ कस्तो छौ, “बरू मै राम्री छु नि !”
नचाहिने कुरा किन गर्न पर्या होला यस्लाई।
म जतिसुकै नराम्रो भएपनि, “इमान्दार नै छु क्यारे !”

कसैले कालो भनोस नभनोनस् आफै काले हुँ भन्ने !

हैन्, “के को गनगन मात्र गर्‍या हो हजुर दुइको !”

कमसेकम छोरी माग्न आएपछि केही त भन्नु पर्थ्यो। मान्छेहरु हिँडेपछि केही नबोल्ने, “खाली आफ्ना मात्र कुरा, ताइन तुइका !”

टिरिङ्ग टिरिङ्ग घण्टी बज्यो, के कुरा भयो त दिदी माग्न आउने लमीसँग बाआमाको ?

छिटो है, “मलाई आजपनि बैंकको मेनेजर माग्न आका थिए ।” झण्डै हुन्छ भनिन् ।

ल सुन्नुस् ! हजुरहरू, हुनेवाला बुहारीलाई केटो माग्न आएछ आज पनि ! उताबाट हतार गर्छन हाम्रा बाआमालाई चाहिँ केटो गतिलो चाहियो रे !
दुवै बुढाबुढी छोराको कुरा सुनेर मुखामुख गर्न थाले !

०००
बरगाछी, धरान
०३/१२/२०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टन्टै साफ

टन्टै साफ

राेशन पराजुली
घर परिवार

घर परिवार

राेशन पराजुली
गन्तव्य

गन्तव्य

राेशन पराजुली
आमा

आमा

राेशन पराजुली
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x