राेशन पराजुलीघर परिवार
विचरा दिनानाथ गुरु उहाँ त सबैका सन्तानलाई ज्ञान दिनु हुन्छ तर आफ्ना पीडा चाहिँ सहेर हिँड्नु हुन्छ । परदेशिएका सन्तानको पत्तो नभएको पनि बिसौ वर्ष भएको पनि बिर्सनु हुन्छ ।

रोशन पराजुली :
“खुकुरीको चोट अचानोलाई मात्र हुन्छ, बुझ्यौ !”
के बुझ्थ्यौ र तिमीहरू पनि ?
जन्म र कर्म दिने त बाआमा हुन् ।
कखरा पनि उनीहरूले नै चिनाउने हुन् ।
“हामी त उहाँहरूले देखाएको बाटो पहिल्याउने बटुवा मात्र हौ नि !”
गर्भ धारण गरेर नौ महिनाको पीडा खप्ने पनि उहाँ दुवै नै हुन् ।
ओखति उपचार, खानपानमा ध्यान पनि बढी दुवैले गर्नु हुन्छ ।
जन्मे देखि मृत्यु नहुञ्जेल सम्म पनि चिन्ता लिने पनि दुवै ।
“घर झगडा कस्को पो हुन्न र सबैका घरमा हुन्छन् !”
कहिले सासू कहिले बुहारी यी पारिवारिक माया र कर्मका आधार हुन् ।
“सबै छोरी,बुहारी लगायत सबै हुँदै आमा सम्म हुन्छन् !” कुमालेको चक्र झैँ जीवन पनि यस्तै हो परिवारहरूको ।
तिमी दुवै छोरा बुहारी अहिले बाआमा भएका छौ
खुरुक्क घर गएर उहाँहरूसँग माफी माग ।
कसो माफ दिनु हुन्न होला र ? मनका धनी उहाँहरूले ।
आफूलाई बालखैदेखि शिक्षा दिने गुरुका जिम्मेवारी सुझाव सुन्दा रजनी र राम छक्क परे ।
विद्यालयवाट घर फिर्दा डिठ्ठा बाका घर हुँदै हिँडेका दिनानाथ बाजेले दुवैलाई बाटामा भेटेर सम्झाउनु भयो ।
दलिनमा खोक्दै निन्याउरो अनुहार बनाई बसेका बुढाबुढी देख्दा कस्को पो मन नरोला त । उहाँ पनि त वृद्व भइसक्नु भएको थियो ।
विचरा दिनानाथ गुरु उहाँ त सबैका सन्तानलाई ज्ञान दिनु हुन्छ तर आफ्ना पीडा चाहिँ सहेर हिँड्नु हुन्छ । परदेशिएका सन्तानको पत्तो नभएको पनि बिसौ वर्ष भएको पनि बिर्सनु हुन्छ ।
०००
बरगाछी, धरान
Subscribe
Login
0 Comments
Oldest







































