साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घर परिवार

विचरा दिनानाथ गुरु उहाँ त सबैका सन्तानलाई ज्ञान दिनु हुन्छ तर आफ्ना पीडा चाहिँ सहेर हिँड्नु हुन्छ । परदेशिएका सन्तानको पत्तो नभएको पनि बिसौ वर्ष भएको पनि बिर्सनु हुन्छ ।

Nepal Telecom ad

रोशन पराजुली :

“खुकुरीको चोट अचानोलाई मात्र हुन्छ, बुझ्यौ !”
के बुझ्थ्यौ र तिमीहरू पनि ?

जन्म र कर्म दिने त बाआमा हुन् ।
कखरा पनि उनीहरूले नै चिनाउने हुन् ।
“हामी त उहाँहरूले देखाएको बाटो पहिल्याउने बटुवा मात्र हौ नि !”
गर्भ धारण गरेर नौ महिनाको पीडा खप्ने पनि उहाँ दुवै नै हुन् ।
ओखति उपचार, खानपानमा ध्यान पनि बढी दुवैले गर्नु हुन्छ ।
जन्मे देखि मृत्यु नहुञ्जेल सम्म पनि चिन्ता लिने पनि दुवै ।

“घर झगडा कस्को पो हुन्न र सबैका घरमा हुन्छन् !”
कहिले सासू कहिले बुहारी यी पारिवारिक माया र कर्मका आधार हुन् ।

“सबै छोरी,बुहारी लगायत सबै हुँदै आमा सम्म हुन्छन् !” कुमालेको चक्र झैँ जीवन पनि यस्तै हो परिवारहरूको ।
तिमी दुवै छोरा बुहारी अहिले बाआमा भएका छौ
खुरुक्क घर गएर उहाँहरूसँग माफी माग ।
कसो माफ दिनु हुन्न होला र ? मनका धनी उहाँहरूले ।
आफूलाई बालखैदेखि शिक्षा दिने गुरुका जिम्मेवारी सुझाव सुन्दा रजनी र राम छक्क परे ।

विद्यालयवाट घर फिर्दा डिठ्ठा बाका घर हुँदै हिँडेका दिनानाथ बाजेले दुवैलाई बाटामा भेटेर सम्झाउनु भयो ।
दलिनमा खोक्दै निन्याउरो अनुहार बनाई बसेका बुढाबुढी देख्दा कस्को पो मन नरोला त । उहाँ पनि त वृद्व भइसक्नु भएको थियो ।

विचरा दिनानाथ गुरु उहाँ त सबैका सन्तानलाई ज्ञान दिनु हुन्छ तर आफ्ना पीडा चाहिँ सहेर हिँड्नु हुन्छ । परदेशिएका सन्तानको पत्तो नभएको पनि बिसौ वर्ष भएको पनि बिर्सनु हुन्छ ।

०००
बरगाछी, धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टन्टै साफ

टन्टै साफ

राेशन पराजुली
जुर्न नसकेको लगन

जुर्न नसकेको लगन

राेशन पराजुली
गन्तव्य

गन्तव्य

राेशन पराजुली
आमा

आमा

राेशन पराजुली
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x