साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेल्छन् होली

सरकारमा छन् नेरोहरू देश जलोस् यता ! बेसुरको बाँसुरीको धुनमा खेल्छन् होली !

Nepal Telecom ad

काशीनाथ मिश्रित :

तस्करका लस्कर छन् सुनमा खेल्छन् होली
बलात्कारी गुण्डाहरू खुनमा खेल्छन् होली

कर्णालीका जनताहरू मर्छन् भोकमरीले
काठमाण्डुमा खाद्यान्न र नुनमा खेल्छन होली

राज्य स्रोतको दोहनमा आँखा गाड्नेहरू!
गिटी बालुवा मात्र हैन चुनमा खेल्छन् होली

जनतालाई भेँडा बनाई पठाउँछन् विदेश
ती भेँडालाई नङ्ग्याएर ऊनमा खेल्छन् होली !

खुट्टा तान्ने प्रतिस्पर्धा सकेसम्म गर्छन्
हेरौँ अब रगत कि रङ कुनमा खेल्छन् होली

सरकारमा छन् निरोहरू देश जलोस् यता !
बेसुरको बाँसुरीको धुनमा खेल्छन् होली !

हाम्रो देशको हालत यस्तो अरु देशका जनता।
पृथिवीमा हैन अब जूनमा खेल्छन् होली ।

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x