फित्काैली डटकमउदयपुर साहित्य कला प्रतिष्ठानको मासिक रचना वाचन
गाईघाट स्थित नेपाल निजामती कर्मचारी संगठनको सभा कक्षमा आयोजित रचना वाचन कार्यक्रममा करीब दुई दर्जन कविहरूले रचना वाचन गरेका थिए ।

उदयपुर, २०८० चैत्र १० । उदयपुर साहित्य कला प्रतिष्ठानको मासिक रचा वाचन कार्यक्रम शनिबार गाईघाटमा सम्पन्न भएको छ ।
गाईघाट स्थित नेपाल निजामती कर्मचारी संगठनको सभा कक्षमा आयोजित रचना वाचन कार्यक्रममा करीब दुई दर्जन कविहरूले रचना वाचन गरेका थिए ।
सो कार्यक्रममा रचना वाचन गर्ने कविहरूले उदयपुर साहित्य कला प्रतिष्ठानले छोटो समयमा निकै राम्रा र गहकिला कामहरू गर्दै आएकोले आगामी दिनहरू पनि रचनात्मक तथा साहित्यिक प्रवद्र्धनात्मक कामलाई अघि बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।
कविहरूले साहित्यिक पर्यटन प्रवद्र्धन कार्यक्रम तथा विद्यालय र कलेज स्तरमा यस्ता कार्यक्रम संचालन गर्न सके नयाँ पुस्तालाईसमेत साहित्यिक गतिविधिमा जोड्न सकिने भएकोले र साहित्यिक माहोलले समाजमा चेतना फैलिन जाने हुँदा युवा पुस्तालाई सही बाटोमा हिडाउन, विकृति विसंगति हटाउन पनि मद्दत पुग्ने कुरामा जोड दिएका थिए ।
उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाश कुमार राईको अध्यक्षतामा भएको सो रचना वाचन कार्यक्रममा शारदा प्रसाद भट्टराई उद्धव घिमिरे, बासुदेव पोखरेल, खिला घिमिरे बुँइपाखिरी, सीमा मास्के, सृजना सरोवर, महेन्द्र कुमार राई, टंक बहादुर आले मगर, चन्द्र नारायण चौधरी, सतीसाल जल, हर्क नारायण श्रेष्ठ, माधव पोखरेल गोज्याङ्ग्रे, टा. कैलाश कुमार राई, देवेन्द्र पोखरेल लगायतका कविहरूले रचना वाचन गरेको थिए ।
प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको संचालनमा भएको सो रचना वाचन कार्यक्रमा भएको एक बैठकले आगामी दिनमा हुने रचना वाचन कार्यक्रममा बहुभाषिक रचना वाचन गर्ने, विद्यालय तथा कलेजहरूसँग समन्वय गरेर शुक्रबार विद्यार्थी भाइ बहिनीहरूलाई सहभागि गराएर साहित्यिक गतिविधि संचालन गर्नुका साथै साहित्यिक अभियानलाई प्रवद्र्धन गर्दे जाने निणर्य गरेको छ ।
०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































