साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको ८७औं शृङ्खला सम्पन्न

समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, साहित्यका अभियन्ता काजी रोशनको प्रमुख तथा रामचन्द्र रिजाल तथा कविराज घिमिरे लगायतको आतिथ्यमा आज सम्पन्न भयो।

Nepal Telecom ad

काठमाडाैं, २०८० चैत १० । मनोहरा साहित्य समाजको ८७औं शृङ्खला समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, साहित्यका अभियन्ता काजी रोशनको प्रमुख तथा रामचन्द्र रिजाल तथा कविराज घिमिरे लगायतको आतिथ्यमा आज सम्पन्न भयो।

कार्यसमिति सदस्य भावना न्यौपानेद्वारा सञ्चालित सो कार्यक्रम सभाध्यक्ष अर्यालदवारा अतिथिहरूलाई स्वागत गर्दै आफ्नो रचना वाचन गरेपछि प्रारम्भ भएको थियो भने स्रष्टाहरूका रचनावाचन, मन्तव्य एवं शुभकामना हुँदै समापन भएको थियो।

कार्यक्रममा अतिथि रामचन्द्र रिजालले मन्तव्य सहित रचना वाचन तथा घिमिरेले संस्थालाई शुभकामनासहित रचना वाचन गर्नुभएको थियो भने प्रमुख अतिथि काजी रोशनले साहित्यको महत्त्व र साहित्यिक संस्थाहरूको समन्वयले साहित्यमा अघि बढ्न सहज हुने कुरा बताउनु भएको थियो।

रचनावाचन गर्नेहरूमा डिल्लीराज अर्याल, जसध्वज गुरुङ, चेवन बस्नेत, योगप्रसाद चापागाई, नूरदेव खनाल, सम्पत् काफ्ले, गोपालप्रसाद दाहाल, विशाल तिम्सिना, भुवन शिवाकोटी, सूर्यप्रसाद डुम्रे, खोदनाथ चापागाईं, राजेन्द्रकुमार बज्राचार्य, सरिता तिमल्सिना, समीर पाख्रिन, सुमन पुडासैनी, अनन्त कुमार बस्नेत, मोक्षा खतिवडा, कविराज घिमिरे, आर सि रिजाल, काजी रोशन, भावना न्यौपाने, लगायतका स्रष्टा हुनुहुन्थ्यो ।

कार्यक्रममा नागेन्द्रप्रसाद आचार्य, सनतकुमार कोइराला, कपिल अर्याल, लीलाबहादुर थापा, शरद खतिवडा लगायतका सभ्यश्रोताहरूको उपस्थिति रहेको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x