साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टन्टै साफ

जे पर्ला पर्ला, आँट गर्नु पर्छ । हेर्नुस् दाजु भाग्यमा भगवानको सेवा गर्न लेख्या छ भने सेवै गरेर बस्नु पर्छ । जन्म पनि उनैको देन, कर्म पनि उनैको देन, मरन पनि उनैको देन ।

Nepal Telecom ad

रोशन पराजुली :

नसकिने भो, यी साहुहरूसँग ! जति गरे पनि नहुने !
बुझ्नै गाह्रो, सानो हुँदा मर्लान् भन्ने डर अहिले चाहिँ मार्लान् भन्ने भो ।
कस्ता सन्तान जन्मायौँ हौ, बुढी हामीले !
पाप र धर्म भन्ने पनि छुट्याउन नसक्ने कुलाङ्घारहरू ।

छाडी दिनु न त !
हामीले मात्र एकोहोरो माया गरेर भएन । उनीहरूलाई स्वास्नी र पोई भएपछि पुगिहाल्छ जस्तो गर्न थाले ।
आखिर उनिहरूका सन्तान पनि जन्मेकै छन् । पछि उनीहरूको पनि पालो आउँछ ।

त्यो त हो, जे गर्न मन लाग्छ गर्नुस चाडैँ ।
मेरा बाउबाजेले दुःख गरेर साँचेका यत्रा सम्पत्ति नाश गर्लान् भन्जे डर भइराछ ।

उता दाइका सन्तानले पनि उस्तै गरे ! अन्त्यमा दूवै बुढा बुढी चिन्ताले मरे ।

चिन्ता नगर्नुस्, भाग्यमा यस्तै लेख्या रछ भनेर चित्त बझाउनु पर्छ !

के भयो कान्छा दाजु ?
के हुनु नि तेरा भदा भदैनीलाई अंश चाहियो रे ।
हामीले बुढेसकालमा सास्ती पाउने भयौ, बुइनी !
तैँ भन् त, हामीले के गरौँ ?

केही गर्नु पर्दैन !
आफ्ना भागमा यो मुलघर राखेर बाँकी सबैलाई दामासायीले बाँडिदिनु ।
मैले नि त्यसै गरेँ ।
बाटा छेवैको घर घडेरी छ । भाडा लागि हाल्छ । आफुचाहि मन्दिरमा बस्नु पर्छ ।
कुरा त ठिकै गरिस् ।
तर,
हुन त हुन्थ्यो त्यहाँ पनि सबै उस्तै बसेका छन् ।
पीर माथि पीर हुन्छ ।
ह्या के कुरा गर्नु भा होला । जे पर्ला पर्ला, आँट गर्नु पर्छ ।
हेर्नुस् दाजु भाग्यमा भगवानको सेवा गर्न लेख्या छ भने सेवै गरेर बस्नु पर्छ ।
जन्म पनि उनैको देन, कर्म पनि उनैको देन, मरन पनि उनैको देन ।

दाजु बैनी साथै बसौँला ।
बालापन पनि साथै बितेकै हो क्यारे ।
ल भन्नुस भाउजू, जाने हैन त हामी उतै !
हन्छ,
यो कलह खेपेर बस्नु भन्दा त बरु राम नाम नै ठिक ॥

०००
बरगाछी, धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
घर परिवार

घर परिवार

राेशन पराजुली
जुर्न नसकेको लगन

जुर्न नसकेको लगन

राेशन पराजुली
गन्तव्य

गन्तव्य

राेशन पराजुली
आमा

आमा

राेशन पराजुली
0
Would love your thoughts, please comment.x
()
x