राेशन पराजुलीटन्टै साफ
जे पर्ला पर्ला, आँट गर्नु पर्छ । हेर्नुस् दाजु भाग्यमा भगवानको सेवा गर्न लेख्या छ भने सेवै गरेर बस्नु पर्छ । जन्म पनि उनैको देन, कर्म पनि उनैको देन, मरन पनि उनैको देन ।

रोशन पराजुली :
नसकिने भो, यी साहुहरूसँग ! जति गरे पनि नहुने !
बुझ्नै गाह्रो, सानो हुँदा मर्लान् भन्ने डर अहिले चाहिँ मार्लान् भन्ने भो ।
कस्ता सन्तान जन्मायौँ हौ, बुढी हामीले !
पाप र धर्म भन्ने पनि छुट्याउन नसक्ने कुलाङ्घारहरू ।
छाडी दिनु न त !
हामीले मात्र एकोहोरो माया गरेर भएन । उनीहरूलाई स्वास्नी र पोई भएपछि पुगिहाल्छ जस्तो गर्न थाले ।
आखिर उनिहरूका सन्तान पनि जन्मेकै छन् । पछि उनीहरूको पनि पालो आउँछ ।
त्यो त हो, जे गर्न मन लाग्छ गर्नुस चाडैँ ।
मेरा बाउबाजेले दुःख गरेर साँचेका यत्रा सम्पत्ति नाश गर्लान् भन्जे डर भइराछ ।
उता दाइका सन्तानले पनि उस्तै गरे ! अन्त्यमा दूवै बुढा बुढी चिन्ताले मरे ।
चिन्ता नगर्नुस्, भाग्यमा यस्तै लेख्या रछ भनेर चित्त बझाउनु पर्छ !
के भयो कान्छा दाजु ?
के हुनु नि तेरा भदा भदैनीलाई अंश चाहियो रे ।
हामीले बुढेसकालमा सास्ती पाउने भयौ, बुइनी !
तैँ भन् त, हामीले के गरौँ ?
केही गर्नु पर्दैन !
आफ्ना भागमा यो मुलघर राखेर बाँकी सबैलाई दामासायीले बाँडिदिनु ।
मैले नि त्यसै गरेँ ।
बाटा छेवैको घर घडेरी छ । भाडा लागि हाल्छ । आफुचाहि मन्दिरमा बस्नु पर्छ ।
कुरा त ठिकै गरिस् ।
तर,
हुन त हुन्थ्यो त्यहाँ पनि सबै उस्तै बसेका छन् ।
पीर माथि पीर हुन्छ ।
ह्या के कुरा गर्नु भा होला । जे पर्ला पर्ला, आँट गर्नु पर्छ ।
हेर्नुस् दाजु भाग्यमा भगवानको सेवा गर्न लेख्या छ भने सेवै गरेर बस्नु पर्छ ।
जन्म पनि उनैको देन, कर्म पनि उनैको देन, मरन पनि उनैको देन ।
दाजु बैनी साथै बसौँला ।
बालापन पनि साथै बितेकै हो क्यारे ।
ल भन्नुस भाउजू, जाने हैन त हामी उतै !
हन्छ,
यो कलह खेपेर बस्नु भन्दा त बरु राम नाम नै ठिक ॥
०००
बरगाछी, धरान
Subscribe
Login
0 Comments
Oldest







































