भीम गाैतमओठ र च्यापु
धनवीर मसिना चामल दूधमा मोलेर दह्रो पेट गरी बस्छ दुःखी भोको पेटको आर्तनादमा रूखोसुखो खान नपाई नुनिलो आँसुको रोदनमा रून्छ । उदेकलाग्दो ओठ र च्यापुको मिलन विडम्बना यस्तै रहेछ ...!!

भीम गौतम :
संसारमा ओठ र च्यापु,
बडो उदेक लाग्दो छ
ओठ च्यापुको संगम
खन्चुवा ओडारको पीडाले
पशुदेखि पंक्षिसम्म
साना जीवाणुदेखि मानवसम्म,
व्यग्र छटपटी लुटपुटी रहेको छ ।
कुकुर खान नपाएर
गाउँ-गाउँ डुल्दै
जुठेल्नाका जुठा भाँडा र
ढिँडोको दाबिलो घिसार्छ ।
माकुराका बच्चा र
बिरालोका ढाडेले
आफ्नै आमा र
ससाना छाउरा
खर्लप्पै चपाउँछ ।
मुसो खान नपाएर
घरको धुरी बलेँसी
ढोकाको कुना कन्तुरामा दगुर्छ ।
स्याल खान नपाएर
जङ्गलबाट गाउँतिर पस्छ ।
आँखा छलेर
कुखुरो निमोठी कुलेलाम ठोक्छ ।
जङ्गली राजा सिंहको
भोकले आन्द्रा बटारिएर
दोबाटोमा दफानो झारेर कुर्छ ।
भालु बँदेल भोकले
सुस्केरा छोड्दै
चिच्याएका हुन्छन्,
अगाडि केही देखे
दाह्रा नङ्ग्र्रा फिजाउँछन् ।
अमिलो पापी पेटको खातिरमा
जता पनि दौडिएकै हुन्छ ।
लाटोकोसेरो लामो रातको
पीडा र खाली पेटको
ज्वालाले पोलेर रूखबाट खस्छ ।
धनवीर मसिना चामल
दूधमा मोलेर
दह्रो पेट गरी बस्छ
दुःखी भोको पेटको आर्तनादमा
रूखोसुखो खान नपाई
नुनिलो आँसुको रोदनमा रून्छ ।
उदेकलाग्दो ओठ र च्यापुको मिलन
विडम्बना यस्तै रहेछ …
यहाँ यस्तै रहेछ !!
०००
२०७६/०२/२२
चितवन
Subscribe
Login
0 Comments
Oldest







































