राेशन पराजुलीगन्तव्य
दिदी आमालाई कस्तो छ ? उताबाट भदाको स्वर सुनेर उनी भक्कानिन थालिन् । “बाबू ! तँ चाँडै आइज है हामी एक्लै हुने भयौँ !”

रोशन पराजुली :
ए साने !
ए ठुले !
आमैको मलिन स्वर मनैमा दबिरहेका थिए ! आवाज बाहिरिन कठिन भएको थियो ।
अर्धचेतले उहाँ मुढोँ झै हुनु भएको धेरै वर्ष भयो ।
ए ए साने !
ए ए ठुले !
ओठले छोराहरू बोलाएको अनुभूति कस्ले देख्ला र दुवै छेउमा छँदै थिएनन् । हुन पनि कसरी दुर्घटनामा परेर सन्तान सबै सखाप भएका थिए । मात्र एउटा नाति साथ थियो । ऊ पनि कलेज पढ्न काठमाडौंमै थियो ।
“धन्न पो”
नाकको टुप्पोमा गडिएको घाँउ सफा गर्न सानी आमा छेउ बस्छिन् ।
खै आमा म यहाँ सफा गरिदिन्छु है अनि ओखति लगाई दिन्छु ।
उहाँका आँखा सुस्ताएका मात्र थिएनन् शरीर पनि चिसा हुँदै जाँदै थिए ।
ऊ पनि टुहुरी थिई ! बालखमै बुढा बुढीले छोरी बनाई पालेका !
दुई भाईका एक चेली !
मोबाईलमा घण्टी बज्यो ।
दिदी आमालाई कस्तो छ ? उताबाट भदाको स्वर सुनेर उनी भक्कानिन थालिन् ।
“बाबू ! तँ चाँडै आइज है हामी एक्लै हुने भयौँ !”
फूपुका कुरा सुनेर ऊ तुरुन्त हवाई जहाज चडेर घर पुग्छ ।
आमा, आमा !
नातिका आवाज कोठामा मात्र गुन्जियो !
तर उहाँ आफ्ना छोराहरूको साथ गएको कसैलाई पत्तै भएन ।
०००
बरगाछी, धरान
Subscribe
Login
0 Comments
Oldest







































