साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गन्तव्य

दिदी आमालाई कस्तो छ ? उताबाट भदाको स्वर सुनेर उनी भक्कानिन थालिन् । “बाबू ! तँ चाँडै आइज है हामी एक्लै हुने भयौँ !”

Nepal Telecom ad

रोशन पराजुली :

ए साने !
ए ठुले !
आमैको मलिन स्वर मनैमा दबिरहेका थिए ! आवाज बाहिरिन कठिन भएको थियो ।
अर्धचेतले उहाँ मुढोँ झै हुनु भएको धेरै वर्ष भयो ।

ए ए साने !
ए ए ठुले !
ओठले छोराहरू बोलाएको अनुभूति कस्ले देख्ला र दुवै छेउमा छँदै थिएनन् । हुन पनि कसरी दुर्घटनामा परेर सन्तान सबै सखाप भएका थिए । मात्र एउटा नाति साथ थियो । ऊ पनि कलेज पढ्न काठमाडौंमै थियो ।
“धन्न पो”
नाकको टुप्पोमा गडिएको घाँउ सफा गर्न सानी आमा छेउ बस्छिन् ।
खै आमा म यहाँ सफा गरिदिन्छु है अनि ओखति लगाई दिन्छु ।
उहाँका आँखा सुस्ताएका मात्र थिएनन् शरीर पनि चिसा हुँदै जाँदै थिए ।

ऊ पनि टुहुरी थिई ! बालखमै बुढा बुढीले छोरी बनाई पालेका !
दुई भाईका एक चेली !
मोबाईलमा घण्टी बज्यो ।
दिदी आमालाई कस्तो छ ? उताबाट भदाको स्वर सुनेर उनी भक्कानिन थालिन् ।
“बाबू ! तँ चाँडै आइज है हामी एक्लै हुने भयौँ !”
फूपुका कुरा सुनेर ऊ तुरुन्त हवाई जहाज चडेर घर पुग्छ ।
आमा, आमा !
नातिका आवाज कोठामा मात्र गुन्जियो !
तर उहाँ आफ्ना छोराहरूको साथ गएको कसैलाई पत्तै भएन ।

०००
बरगाछी, धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टन्टै साफ

टन्टै साफ

राेशन पराजुली
घर परिवार

घर परिवार

राेशन पराजुली
जुर्न नसकेको लगन

जुर्न नसकेको लगन

राेशन पराजुली
आमा

आमा

राेशन पराजुली
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x