साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकीको प्रश्न

छिमेकी धेरै मौन बस्न सकेन । बोल्यो,"लौ अब भन कलाधर भाइ, आमा र प्यारी दुई मध्ये पहिले कसलाई जोगाउने ? भन, आमा कि पत्नी ?"

Nepal Telecom ad

धनराज गिरी :

घरमा जहिले पनि कुरुक्षेत्र, सासू र बुहारीको लीला, दिक्क मान्यो कलाधरले र छिमेकीसित समस्या समाधानको उपाय खोज्यो। छिमिकीले उपाय बतायो, जङ्गलको बीचमा मिलन देवीको मन्दिर छ ! ती देवीको दर्शन गरेपछि जस्तो विवाद पनि मिल्छ। मैले पनि अनुभव गरेकोछु। म क्याम्पसप्रमुख भएको बेलामा मेरा दुई सहायक कत्ति पनि नमिल्ने,देवीको दर्शन गराएपछि “कृष्ण र हरि” जस्ता भए। मिले ।

छिमेकी केन्द्रनारायण परिधिले उपाय बताए । साइत जुराए । “म पनि जान्छु, बोर लागेको छ घरमा बस्दा बस्दा। ”

२०८० साल फागुन १३ गते लागे चारजना जङ्गलको बाटो, पैदल। बाटोमा अनेक गफ गरे । सासूबुहारी बोलेनन् । कलाधरले अति अनुरोध गरेर मात्र आएका । बीच जङ्गलमा पुगेपछि अचम्म भयो । धराप रहेछ। सासू र बुहारी खसे एउटा खाडलमा । खाडल जङ्गलको राजा बाघको गुफा पो रहेछ। बाघ मख्ख। भोको थियो।

छिमेकीले कलाधरलाई हेर्यो । ऊ ढुक्क । अनुहारमा कुनै भाव छैन। आत्तिएको पनि छैन। छिमेकी, मनमनै “दिक्क भएको रहेछ मोरो, गए जाऊन् भन्ने सोच्यो क्यारे !” छिमेकी धेरै मौन बस्न सकेन । बोल्यो,”लौ अब भन कलाधर भाइ, आमा र प्यारी दुई मध्ये पहिले कसलाई जोगाउने ? भन, आमा कि पत्नी ?”

मुस्कुरायो कलाधर। खाडलतिर हेर्यो। बाघ मौन छ, अझै,उत्तर दियो, “न आमा, न पत्नी, पहिले म बाघलाई जोगाउनेछु।”

आम्मै, हाई जम्प गरेर बाघ पो भाग्यो। बाघले आफ्नो जोगायो, कलाधरले सोच्यो। छिमेकी जिल्ल। सासूबुहारी हातेमालो गर्दै बाहिरिए। देवीको दर्शन गरे । फर्किए । कलाधरको निकेतनमा स्थायी शान्ति छायो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x