साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

एक गाँस माम अलिअलि तिनै जनाको मुखमा हालिदिनुहुन्छ । फेरि पनि उस्तै गाँस आनन्दको माहौल ।

Nepal Telecom ad

रोशन पराजुली :

“ए बाबू, ए बाबू” आमाको उहीँ परिचित बोली सुन्छु ।
पछाडि फर्केर हेर्छु मात्र शून्यपन ।
“आ.. म्मा, चिच्याउँछु, अनि थचक्क भुईंमा बस्छु ।

हातमा सानो थाल लिएर हाम्रा सामू आमा उभिएको अनुभूति गर्छु र वरिपरि कान्छी दिदी, भाइ अनि मैले आमालाई घेर्छौँ ।

देवीप्रसाद बाजेका घरको तगारोभित्र हामी आफूलाई लुकाउँछौ आमाको मजेत्रोमा ।

“आओ सबैजना, आँ गर माम खानु पर्छ ।” आग्रह आमाको ।

एक गाँस माम अलिअलि तिनै जनाको मुखमा हालिदिनुहुन्छ ।
फेरि पनि उस्तै गाँस आनन्दको माहौल ।

“ल जाओ खेल्न अब तिमीहरू… !”

“बाबा” म छोरीको आवाजले झसङ्ग हुन्छु ।

अनि फेरि म यताउति आमालाई खोज्छु
तर कतै पाउँदिनँ । मेरा आँखाबाट आँसु अनायसै बहिरहन्छ अनवरत, अनवरत ।

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टन्टै साफ

टन्टै साफ

राेशन पराजुली
घर परिवार

घर परिवार

राेशन पराजुली
जुर्न नसकेको लगन

जुर्न नसकेको लगन

राेशन पराजुली
गन्तव्य

गन्तव्य

राेशन पराजुली
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x