साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के पायो ?

विकासको झडी लगायो युवाहरूलाई विदेश पठायो युवाहरूलाई कामले फुर्सत छैन त्यसैले त देशमा मर्दा मलामी भेटिँदैनन् न विहेका जन्ती भेटिन्छन्

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

विचरो उसले के पायो ?
जसले एक सय चार वर्ष
राज गर्‍यो
देश टुक्रायो
गोरखा भर्ती केन्द्र खोल्यो
शालीक खोज्दा पनि आज
गाली खान्छ
जनताको आँखाको कसिङ्गर
बनेकै छ
भन उसले के पायो ?

जसले तिन दशक भन्दा बढी
देश चलायो ।
जनताको हिम्मत गलायो
उसले के पायो ?
कोशी, बेच्यो महाकाली बेच्यो
कणर्ाली रूवायो
के पायो ?
जसले मरिमेटी
दश वर्ष वनवास गयो
बम पड्कायो
पुरानो संरचना ध्वस्त पार्‍यो ।
गणतन्त्र ल्यायो
सङ्घीयता ल्यायो
जनताका छोरा मन्त्री भए
मुख्य मन्त्री भए
झण्डै समाजवाद ल्यायो,
समता मुलक देश बनायो
हजारौँ युवको बलि चढायो
भन त उसले के पायो ?
जता हेर्‍यो उतै महङ्गी
भ्रष्टाचार ल्यायो
अनि देशभित्र सुसाशन
गोली हानाहान
विदेशीहरूको घुँइचो
एमसीसी मगायो र
विकासको झडी लगायो
युवाहरूलाई विदेश पठायो
युवाहरूलाई कामले फुर्सत छैन
त्यसैले त देशमा
मर्दा मलामी भेटिँदैनन्
न विहेका जन्ती भेटिन्छन्
अनि नागरिकता संशोधन गराएर
छिमेकी भरायो
भन त्यो महान व्यक्तित्वले
के पायो ?
जसले परिवार गुमायो
आफ्नै लागि
मन्त्री बनेर रमाउन
आसे पासेका लागि
देशभित्रको सम्पत्ती तह लगाउन
मरिमेटी लागेकै छ
दिनरात
भन उसले के पायो ?
भन उसले के पायो ?

०००
दाङ, घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x