साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध

बुद्ध बन्न सक्नुपर्छ वृद्धको मन । प्रेमभाव राख्न सक्नु मात्र हो धन ।। लोभ मोह त्याग्न सक्छ वृद्धले जब । पूज्य हुन्छ मान बढ्छ वृद्धको तब ।।

Nepal Telecom ad

कविराज घिमिरे :

वृद्धबाट सिक्नुपर्छ कर्मका कुरा ।
ज्ञान प्राप्त गर्नुपर्छ धर्मका कुरा ।।
विघ्न पर्छ जीवमाथि छोड ज्यादती ।
काटमार गर्नु हुन्न हुन्न उन्नति ।।१

वृद्ध बन्न चाहना छ भन्दछन् कतै ।
वृद्धदेखि वाक्क मान्न थाल्दछन् कतै ।।
वाध्यता र गर्ववोध वृद्धका हुने ।
सक्छ रोक्न को यहाँ छ वृद्ध चम्किने ।।२

हान्छ वेग वृद्ध माथि रम्छ ऊ स्वयम् ।
अग्रभाग बस्छ नित्य खट्छ ऊ स्वयम् ।।
नीति बुझ्छ न्याय खोज्छ पढ्छ कानुन ।
शुद्ध भाव राख्छ भित्र गर्छ चिन्तन ।।३

पूर्णता र वोधगम्य हुन्छ वृद्धमा ।
साधु सन्त अट्नुपर्छ वृद्ध चित्तमा ।।
लोभ पाप दुष्ट भाव साथ छन् भने ।
वृद्ध बन्न सक्छ के र तामसी बने ।।४

बुद्ध बन्न सक्नुपर्छ वृद्धको मन ।
प्रेमभाव राख्न सक्नु मात्र हो धन ।।
लोभ मोह त्याग्न सक्छ वृद्धले जब ।
पूज्य हुन्छ मान बढ्छ वृद्धको तब ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x