
बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ५६ औँ शृङ्खला
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष तथा चर्चित गीतकार शितल गिरीले बर्दिवासलाई साहित्यिक गतिविधिले चिनाउन यस प्रतिष्ठानले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा

बर्दिवास, २०८०साल चैत्र ३ । बर्दिवास साहित्यिक -सांस्कृतिक प्रतिष्ठानको ५६औँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्ष्यतामा सम्पन्न भयो ।
प्रतिष्ठानका नव प्रतिभा आश्था महतोले सञ्चालन गरेको सो कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथि स्रष्टाहरुमा मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दहाल, लेखनाथ स्मृति सदन महोतरीका अध्यक्ष जनक प्रसाद पौडेल, बुढ्यौली साहित्य समाज महोतरीका सचिव नारद प्रसाद काफ्ले, जन सांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा यस प्रतिष्ठानका सदस्य विमला वि क, प्रलेसका केन्द्रीय सदस्य एवम् यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी थिए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष तथा चर्चित गीतकार शितल गिरीले बर्दिवासलाई साहित्यिक गतिविधिले चिनाउन यस प्रतिष्ठानले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा गर्दै उनको पछिल्लो गीत वाचन गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए।
गीतकार शितल गिरीलाइ प्रतिष्ठानको ५६औँ शृङ्खलामा विशिष्ट अतिथिका रुपमा आशन ग्रहण गराइएको थियो । साथै श्री देउराली मा वि का प्र अ कुमार घिमिरे यस कार्यक्रममा अतिथिका रूपमा उपस्थिति थिए।
यस कार्यक्रममा विभिन्न लयका गीत र कविता वाचन गरिएका थिए भने वाचन गर्नेहरूमा रसिक पौडेल ,विपिन वि क, नारद प्रसाद काफ्ले, जनकप्रसाद पौडेल, विपिराज दहाल, शितल गिरी थिए भने कार्यक्रममा क्रिन्स चौधरी, आरुष भट्टराई,अविन पाचे मगर, शुभम गिरी, शिवम गिरी र जेनिश कार्की उपस्थिति थिए।
कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले यस प्रतिष्ठानलाई ५६ पाइलासम्म ल्याइ पुर्याउन सहयाेग गर्ने सहृदयी साहित्यिक मनहरूप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग पाउने विश्वास रहेको कुरामा आफू विश्वस्त रहेको बताएका थिए भने कार्यक्रममा उपस्थिति गीतकार शितल गिरी लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रम श्री देउराली मा वि बर्दिवासमा भएको थियोे ।
०००
– नारद काफ्लेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest