साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभेद

चिथ्राले झुपडी बुनेर जसले ,बस्ला सधैं फस्दछ। काकाकूल सरी बनेर जलको, मैलो भई बस्दछ ॥ मान्छे दास बनेर बाँच्छ कसरी सोचेर बस्ला मियो ? मीठो खानु रमाइलो गरिबको, टाढा हुँदै गैगयो ॥

Nepal Telecom ad

चूडा निर्भीक :

१. जे देखियो

गाडी पार्किङ देखियो महलमा, प्राडो पजेरो कतै ।
टिप्ने प्लाष्टिक देखिए सडकमा नाङ्गै छ खुट्टा कतै ॥
हीराका सुनका हजार गहना,थुप्रिन्छ टन्नै कहीँ ।
खाना नै नपुगेर मानव सधैँ, रोईरहेछन् यहीँ ॥१॥

पैसा खात लिएर धोक्छ कतिले ब्राण्डी र ह्विस्की सुरा ।
कोही सुत्छ उँधो कठै सडकमा, साथै मगन्ते भुरा ॥
यौटा वर्ग असंख्य सम्पति लिई,सम्पन्नता भोग्दछ ।
दोस्रो वर्ग सहेर कष्ट ननिका,बाँच्ने कला खोज्दछ ॥२॥

२. धनी गरीब भेद

ढोकाझ्याल तथा निदाल कतिका,मोती सरी टल्किने ।
चाँदीका करुवा गिलास चमचा,भाँडा सबै चम्किने ॥
वास्ना चामलको गयो भवनको,नाघेर पर्खाल नै ।
माछा मासु भतेर भोज जहिल्यै,हुन्छन् सँधै ठालुकै ॥३॥

माटो छैन गरीबको किन कतै,आफ्नै कुनै नाउँमा ।
बस्ने वास रहेनछन् शहरमा,बस्ती तथा गाउँमा ॥
खोलाछेउ किनारका बगरमा,फाँडेर झाडी वन ।
खाई हण्डर लाख लाख दशकौँ आँखा रसाईकन ॥४॥

थाप्छन् खेलमहाँ करोड रुपियाँ, कोही जुवा तासमा ।
बेलायत् र अमेरिका सयरमा, जाने निजी बासमा ॥
यात्रा गर्छ धनी निजी र महँगा, राम्रा सवारी चढी ।
पौडी खेल्न छ पोखरी भवनका, ती चोकमै छन् गढी ॥५॥

चिथ्राले झुपडी बुनेर जसले ,बस्ला सधैं फस्दछ।
काकाकूल सरी बनेर जलको, मैलो भई बस्दछ ॥
मान्छे दास बनेर बाँच्छ कसरी सोचेर बस्ला मियो ?
मीठो खानु रमाइलो गरिबको, टाढा हुँदै गैगयो ॥६।।

बेथाको उपचार हुन्छ सजिलै, नेपाल वा विश्वमा ,
विद्या आर्जनमा पहूँच सहजै, राम्रा र ठूलामहाँ ।
केही साधनको कमी नहुनु हो, सम्पन्नका साथमा,
बेलामा जति चाहिने नगद नै, हुन्छन् अरे हातमा ॥७।।

कङ्गाल बस्छ कुटी कुरेर अथवा, नाली र पेटीमहाँ,
ओच्छ्याई धरती सुतेर नभको, ओढेर खास्टो जहाँ ।
आधापेट भरिन्छ आज उसको, नांगो छ सर्वाङ्गमा,
कोही छैन यहाँ उदार दिलको, मान्छे गयो स्वार्थमा ॥८।।

३. सुझाव

यस्तै हालतमा समाज कसरी,सप्रिन्छ सोच्ने गरौँ
फालौं स्वार्थ र देशको विषमता,बन्नेछ बुट्टा भरौँ ।
मान्छेका गरिबी घटाउन भनी ल्याऊँ कुनै योजना
सोचौँ देश विकास गर्नु कसरी हुन्छन् लगानी घना ।।९।।

नेपाली जगको विकास नभए हामी पछाडी गयौँ
हाम्रो देश हराभरा छ वनले पानी बगेका भयौँ ।
राम्रा साधनबाट सज्जित हुने नेपाल हार्ने नहोस् ।
सारा फर्क विदेशका प्रगतिमा होष्टे र हैँसे रहोस् ॥१०।।

०००
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x