साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल भो चौपट

के यस्तै परिकल्पना पनि थियो ? माटो बिगार्ने कुरो । नेताका बुझिँदैन जाल कुन हो फस्ने आफैँ माकुरो ।। मासौँ झम्पटले चुनाव पनि भो झन् धाँधलीको हद । जाला झैँ गणतन्त्र भो अब यसै नेपाल भो चौपट ।।

Nepal Telecom ad

चूडा निर्भीक :

राजा रङ्क समान भन्न कसिने त्यो लोकतन्त्रे कद ।
आफैं भो गणतन्त्रको रस लिने मन्त्री तथा सांसद ।।
बिल्ला सांसदको भिर्‍यो अनि छिर्‍यो नेपालको संसद ।
लुट्ने मात्र भएछ काम जहिल्यै नेपाल भो चौपट ।।

राजै ठान्छ म शेर हो अब भनी बिर्सेर गर्ने कुरा ।
रक्सी मासु भतेरमा धुत भई बन्ने सधैँ बेसुरा ।।
यस्तै पात्र कुपात्रका वश परी बित्दा पला फोकट ।
बिग्रेको छ धरा चिरा पनि बनी नेपाल भो चौपट ।।

बाँडी प्रान्त र गाउँमा शहरमा टुक्रा सयौँ पारियो ।
हुन्थे श्रोत प्रशस्त चुस्न कसिई सम्पूर्ण नै दारियो ।।
मन्त्री छन् सयमा हजार जति छन् चुस्ने जुका सांसद ।
धेरै मेयर साथ छन् समितिमा नेपाल भो चौपट ।।

दुब्ला निर्बलिया र निर्धनहरू खाडी मलायातिर ।
तन्नेरी जति छन् सबै पर पुगे भो राष्ट्र नै अस्थिर ।।
केही पत्कर पात्रका पुरुष छन् नारी सुरा लम्पट ।
नेपाली नभई बनेर दलको नेपाल भो चौपट ।।

राजा एक थियो चुसे नि उसले सानै थियो पाहुर ।
राजा बन्न तयार भीड दलमा लाग्दै रहे लश्कर ।।
कोही तश्कर छन् अमूल्य निधिको चोरेर पार्छन् चट।
गुण्डाराज चल्यो सधैँ मुलुकमा नेपाल भो चौपट ।।

यस्तोमा कुन बस्छ शान्त जनता भौतारिँदै आत्तियो ।
फाल्ने गणतन्त्रको हुल बढ्यो सत्ता अझै मात्तियो ।।
नारी बालक गाउँ वा शहरमै छन् वृद्ध धान्ने छत ।
तन्नेरी रहँदैन सज्जन भए नेपाल भो चौपट ।।

के यस्तै परिकल्पना पनि थियो ? माटो बिगार्ने कुरो ।
नेताका बुझिँदैन जाल कुन हो फस्ने आफैँ माकुरो ।।
मासौँ झम्पटले चुनाव पनि भो झन् धाँधलीको हद ।
जाला झैँ गणतन्त्र भो अब यसै नेपाल भो चौपट ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भकुण्डो बनाए

भकुण्डो बनाए

चूडा निर्भीक
आएछ यहाँ चाड तिहार

आएछ यहाँ चाड तिहार

चूडा निर्भीक
धिक्कार छौ नायक

धिक्कार छौ नायक

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x