अर्जुन दाहाल (क)आधा सत्य आधा भ्रम- (२)
कालो मोसो खाएको, जेल बसेको, गाली गर्न सक्ने र छाडा बोल्न सक्ने आदि उहाँका नेता बन्ने क्षमता र योग्यतामा पर्दछन् । राजेन्द्र, कमल, पशुपति शमशेर भन्दा कडा राजावादी उनै हुन् जस्ले पारसलाई जापानमा बनेको हेल्मेट किनिदिएका थिए ।
अर्जुन दाहाल :
नेपालमा मार्सी चामलको भात खाने जम्माजम्मी ५० परिवार रहेछन् । त्यसमा पनि घरमा आएका पाहुनालाई मार्सी चामल खुवाउने क्षमता केवल एक जनासँग छ ती हुन् मुर्गा असाई । करिव ६ अर्व बैंकबाट ऋण लिएर ख्वाप्प मार्सी चामल खाएको/खुवाएको कारण “लोन लि खा” भएको हैन । उनले ससुरालीबाट “अंश” मुद्दा नहाली पाए र भैंसीको दूध बेच्न छोडेर कडोर पर्ने अस्पताल खोले। अनि धेरै अमेरिकन डक्टर नर्सलाई जागिर दिए । नेपालमा भएका नर्स डक्टर पढ्न /सेवा गर्न विदेश हिंडेपछि अमेरिकनका लागि यो अवसर श्री असाईले दिएका हुन् ।
उनी माड्वारीलाई “जार”को क्याटागोरीमा राख्छन् । जारलाई वारपार गर्ने उनको योजनामा पनि ठूलै कहानी छ, त्यो अर्को कुनै बेला लेखौंला। “डा. मुकुन्द के.सी. ले चोरीचोरी भात खाएर गरिएको अनशनका कारण मेरो मेडिकल कलेज चलेन” भन्ने उनको आरोप ठिक छ छैन उनकै हजुरबुवाले जानून् । माड्वारी पछि उनको टार्गेट अंश नलाग्ने, आफ्नै, थप्पक्कै, ठ्याक्कै, साक्खे हजुरबुवा नै हुन्। “हजुरबुवा चोर देश छोड” भनेर नारा लगाउने विश्वकै एक मात्र नाति उनै असाई हुन् भनेर इन्साइक्लोपिडियामा लेखिएको छ ।
खासमा नेता बन्ने सबै जसो क्राइटेरिया पूरा गरेका असाईका १ हजार जना बडिगार्ड छन्, ती मध्ये केही हातहतियार बोकेर मैदानमा जाने गर्छन् । कालो मोसो खाएको, जेल बसेको, गाली गर्न सक्ने र छाडा बोल्न सक्ने आदि उहाँका नेता बन्ने क्षमता र योग्यतामा पर्दछन् । राजेन्द्र, कमल, पशुपति शमशेर भन्दा कडा राजावादी उनै हुन् जस्ले पारसलाई जापानमा बनेको हेल्मेट किनिदिएका थिए ।
जे होस् देशमा नयाँ नयाँ नेताहरु जन्मिनु राम्रो कुरा हो, आधा पत्याउने, आधा नपत्याउने हाम्रो कुरा हो।
क्रमशः ….
०००
लेखक दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुनुहुन्छ ।
Subscribe
Login
0 Comments
Oldest







































