साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ हाेली खेलाैँ

सरकारी ढकुटीकाे हामी आफै भान्छे पि.ए देखि सि.ए सम्म राख्छाैैं आफ्नै मान्छे । पिटे जस्तो तैंले गर्नु राेए जस्तो मैले जनताकाे पसिनामा हाेली खेला‌ैं जैले ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

हाेली हाम्राे धर्मसँग जाेडिएकाे पर्व
नयाँपन ल्याई अब गराैं सबै गर्व ।

प्रह्लादकाे इतिहास मेटाएर अब
हाेलीकाकाे जय गान गर्नु पर्छ सब ।

काले माले झाले राले आऊ हाेली खेलाैं
अबिरकाे सट्टा अब कालाे माेसाे दलाैं ।

जनताका तालु ताकी लाेला हानी हालाैं
धुरीबाट सडकमा लेदाे घाेली फालाैं ।

हिलाे छ्यापाैं अरूमाथि आफू चाेखाे बनाैं
लुकाछिपी खेल खेल्न खाल्डो आफै खनाैं ।

प्रजातन्त्र लाेकतन्त्र गणतन्त्र हुँदै
निमुखाकाे रगतले हाेली खेल्याैं खुबै ।

सरकारी ढकुटीकाे हामी आफै भान्छे
पि.ए देखि सि.ए सम्म राख्छाैैं आफ्नै मान्छे ।

पिटे जस्तो तैंले गर्नु राेए जस्तो मैले
जनताकाे पसिनामा हाेली खेला‌ैं जैले ।

०००
रेसुङ्गा न पा २, गुल्मी
२०८१।११।२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x