साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डलर नरोकिस्योस् प्रभु

हामी बहादुरहरुलाई डलर नरोकिपाऊँ प्रभु प्रभुका शरण परिरहेका छौँ प्रभुको आरती गरिरहेका छौँ पाउमा माथ धरिराखेका छौँ सरनलाई मरन नगरिस्याेस् सकेसम्म डलर छरिस्याेस् ।

Nepal Telecom ad

हाेम सुवेदी :

हे ट्रम्प प्रभो
हे ट्रम्प परमेश्वर
धर्म भने धर्म चढाउँछौँ
कर्म भने कर्म चढाउँछौँ
सर्म भने सर्म चढाउँछौँ
हे महामना ट्रम्प प्रभो
हे जगदीश्वर तारणाेद्धारक !
हे जगदोद्धारक
क्षमा गरिस्योस्
सके ता अझ बढी
हामीलाई डलर छरिस्योस्
नसके जे छ त्यही पनि
कम नगरिस्योस्
प्रभो क्षमा गरिस्योस् प्रभो !
डलर नरोकिस्योस् प्रभो
प्रभाे, त्राहि हाम् त्राहि माम्
हामीलाई जुम्रा गन्नु छ
भेडा निखन्नु छ
हात्ती गैँडा र स्याल चितुवा गन्नु छ
कुलो खन्नु छ
ठुलो काम गर्यौँ भनेर कन्नु छ
कट्टु धुने सहायता नरोकिस्योस् प्रभो
आच्ची धुने सहायता नरोकिस्योस् प्रभो
सिँगान पुछ्ने सहायता नरोकिस्योस् प्रभो
बरु छानी छानी
हजुरमा
युवायुवती चढाइदिन्छौँ
गाँडागर्चा र बुढाबुढी आफूसँग राखेर
पढेलेखेका र योग्यहरु
चाहिएसम्म हजुरतर्फ बढाइदिन्छौँ
सहायता भएन भने
हाम्रो झिँगा कसले धपाइदेला
आङ कसले कनाइदेला
हजुरजस्तो अर्को को आइदेला
कसले हाम्रा गाईको अम्रो झराइदेला
कसले हामीलाई आच्ची गराइदेला
हाम्रा भेडा कसले चराइदेला
जिन्दावाद मुर्दावाद भनेर
कसले कराइदेला
हजुरके सहयता विना
आच्ची आउँदैन
भेडा कराउँदैन
त्यसैले हे प्रभु
दाम राखेर ढोग गर्दै
पुकारा गरिरहेका छौँ
हामी बहादुरहरुलाई
डलर नरोकिपाऊँ प्रभु
प्रभुका शरण परिरहेका छौँ
प्रभुको आरती गरिरहेका छौँ
पाउमा माथ धरिराखेका छौँ
सरनलाई मरन नगरिस्याेस्
सकेसम्म डलर छरिस्याेस् ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x