साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक नाता आतङ्क

अहिले हामीकहाँ अनेक अनेक आतङ्क खडा हुँदैछन् । ती यावत आतङ्का जरो चाहि नाता आतङ्क नै हो भन्ने कुराको भेउ नपाएसम्म तपाइँँ पनि आतङ्बाट कसैगरे मुक्त हुन सक्नु हुन्न । आतङ्ककै जया गाउँनोस् बस्नुस् ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

धेरै अघिदेखि मैले जान्दा नाता आजको जस्तो आतङ्क यस्तो थिएन । उसको छोरा भुसतिघ्रेबाट जुँगे मुठ्ठे भए पनि यस्तो हुन्छ सोचेको थिइनँ । वाइड बढीजस्तो श्रीमती उसले पाउनु पहिले ऊ भुसको थैलोजस्तै हलुका थियो । अहिले उसले झ्यालबाट टाउको निकालेर टुप्पी हल्लाए पनि उसले गरेको हरेक काम देख्ता अरुलाई शेयर गर्न करै लाग्छ । के आतङ्क गरिरहेछ । ऊ जति बसन्तको छेपारोझंै हावा खान्छ उतिनै परिवर्तनको आलुवखडाको हाँगालेझैं आँख्ला आँख्लामा आँखाले दुनिया चियाउछ । उसको हिम्मत ! क्या गजब ! टुकुचाको पानीजस्तै स्वच्छ भए पनि जुरुक्कै हलीलाई उचाली दिन्छ ।

नानीदेखि नातीको पालसम्म पुग्नेगरि बिष उमार्न अशान्ति खटपट गर्न हिजैदेखि भदौको ढोडमा आगो ताप्ने आतङ्क नाताले देखाइ दियो । हलेदोलाई सलेदो बनाउने उर्जावान काम जिद्दी गरे पनि भनिदैन । ढाडमा चढेर टाउकामा गुलेली हान्ने अभ्यास गर्दै आएको थियो ऊ । सानै उमेरदेखि भदौको ढोड जतिकै उर्जावान थियो । ऊ अचम्मै दुइखुट्टेबाट चार खुट्टेमा बदलियो । कहिले महापुरुषको जुत्तोमा पालिस दलेर तालुमा आलु होइन गोलभेडा फलाउछ । अरिगाल बनेर मेरो गोल टाउको कुटुकुटु खान्छ । कहिले हरियो झिँगा बनेर मेरा भान्छाकोठाको घोडा अध्यक्ष भएर भ्रमण गर्छ । त्यस्तो परिवर्तित नाताबाट म के आशा र अभिलाशा राखुँ !

अरुको घर आँगनको गमलामा हमला मनितन्त्रले कहिलेकाहिँ गरिहाल्छ । जुका ढाढी लिखा चम्कना बनेर राती सुत्दा पनि सिरानीमा समेत सताउछन् । मेरो र नाताको रन्को र उसको फन्को लाउने बाटोमा के फरक छ ? मेरो र उनको रगतमा के फरक छ ? बरु हुन सक्छ रक्तसमूह फरक होला । भूगोलको धुरीमा पुग्ने एउटै बाटो हो । जब जब हिँड्ने बाटो चोरी हुन थाल्छ । कमिशनखोरीहरू सिसाका महलमा लुक्न थाल्छन् अनि हाम्रो नातामा आतङ्क छाउँछ । अनि टोलीया नाताहरू चोरकै पक्षमा व्याख्या गर्न जमघट हुन थाल्छन् । यस्तो आतङ्कलाई घिउ मान्ने महोदय पनि छन् ।

दुनिया मलाई नै पागल भनेर सम्बोधन गर्छ– पुर्खाले दिएको बाटो चोरर आफू मुन्टो लुकाउने थलो बनाउँछन् । यहि काम घिउ भनेर थप्पडी मार्ने नातेदार पनि देखियो । यस्तो चम्चे नाता नातेदारको आतङ्कलाई के भनेर सम्झौँ । यस्तालाई डाँडो कटाउनु भन्दा स्यावासी दिनेलाई पनि के भनि गुनासो पोखँु ।

जब चोरको पक्षमा बोल्न तीन थानादेखि थेप्चा नेप्टा चुच्चे बुच्चे करेला घिरौले लौके नाक सबै आए । आएर पनि ढुकुमुकु उसकै पक्षमा बहस गर्न गरे । मकैजस्ता ठेट्नालाई म के जवाफ दिउँ । बाटो दिने जिजुबाजे हजुरबाजे वितिसके । यहि कुराले टोलको कुकुरले पनि आची खान छाडे । उसकै छिमेकीको गोठको लाहुरी भैसीले दुध दिन छाडी ।

हो नाताको पनि यस्तो आतङ्क हुन्छ । आतङ्क कस्तो रोगनमा हुन्छ ? छेपारो रङ्गजस्तो बदलिने नाताको रङ्ग हरदम हामीले खेपेका छौँ । एउटा काम फत्ते गर्न नाता पर्खन पर्छ । दुइचार भुसतिघ्रे पट्याउन नातानै तिखार्न पर्छ । पानीको फोकामा सिखुटे भुइँखुट्टे नाता बनाउन पर्खिनु पर्छ । जहाँ नाता उहाँ आहा भन्ने पनि नेपाली उखान नै छ । नाउँ नाताको गाउँ टाउकाको । नाता नहुनेको जस छैन खरानी पनि रानी बन्न सक्दैन । नाउँ भने नाता, खानलाग्यो गिठ्ठा दिने हाम्रो समाजको यस्तो बयान गर्न मैले चाहिनँ ।

आधुनिक नाता हिजोको हिजो यस्तो थिएन । म यस्तो सोचाइमा डुबेको छु । पैसठ्ठी बसन्तको हावा नाताको आतङ्कग्रस्त हावा बुझेको छैन । जिजु बाजेले रुखको लुप्रो ओडेर नातापाता जोडे । अहिले बाइड बडीमा लुकामारी र तेलकासा खेलेर कमिशन खान थालिसके । यो खण्डहर भूगोलमा नाताले गरेर धेरै बृक्षहरू मरिसके । आलु फल्ने तालुमा गोलभेडा उम्रिसके । स्याउजस्ता गाला डाडुपन्यूजस्ता पातला औडेखौडे भइसके । धेरैले त नाता जोडे । धेरैले फेरिसके । यस्ता सन्दर्भका कुरो गर्न मलाई पनि शहरको नालीमा डुबेर ढुकुमुकु खेलेर गफ गर्न खुशी हुन पनि गाह्रो छ । खुशी पनि त फेरिइ सकेको छ । धान फल्ने खेतमा गाँजआउने घर फलेका छन् ।

मंसिरमा खाने चामल । बैशाखमा खाने आलु वखडा । कर्तिकको दाना नखाए के होला ? यसको आँतको स्वाद कस्तो हुन्छ होला ? आतङक सुनेपछि यो खाइरहनु नपर्ला । नाताको स्वाद रस जवानीमा लिने हो । त्यो जमाना जन्माउने हामी आफैले हो । घरको क्यालेण्डर पल्टाएर दिन तारिख मात्र भेटिने हो । नाताको आतङ्क जान्न नाताको दर्शन पढ्न पनि पर्दैन । नाता हराएको बेला नै नाता आतङक बढी हुँदोरैछ ।

नेप्टो चेप्टो नाकले घोप्टे नाकलाई हलुका पारेर उसको रौँ ओखेल्नु । झार्नु । घिउझिक्ने चोर आँैला लुकाएर बुढीऔँला उठाएर फेशबुकमा ठटाउन सक्ने पो आतङ्क ! लुतो आएपछि शरीर लपक्कै कन्याउनु । निद्रा बिग्रेपछि श्रीमतीसित ठाकठुक हुनु । यस्तो आकाश पातालको कुरो पनि आतङ्क हुन्छ । यो नाताको आतङ्क कहिलेदेखि देख्न थालियो साँच्चै सम्झना छैन ।

नाकले बाँच्नको लागि सास लिनु पनि आतङ्क दायक भएको छ । हावा जम्मा पारी सिसीमा जम्मा गरेर सास लिन खोज्छु भरे हुुँदैन । टाउकोमा सबै कुरा लुकाएर राख्न खोज्छु अहिलेका कम्प्यूटर मास्टरले डस्टर समाएर दिँदैन । हातले हवाईपत्र लेखेर हुलाकमा हाल्छु ढलमा पुगेको सन्देश दिन्छ । मानिसलाई माया दया गर्न पुग्ने खुट्टो हो । आतक गर्ने मूल्यवान अङ्ग पनि यहि रहेछ । फ्याकुँ हिरामा किरा होला भन्न डर पो लाग्छ ।

आजकल हिमालय शिवालय देवालय शैचालयको प्रतिक्षालय सबै ठाउँमा भेट्छु । लाइनमा आउनु पर्ने मन्दिर बेलाइतबाट पुजा गरेर मपाइत्व देखाउने मान्छेको अनुहार झलझली याद आउछ । आतङ्क गर्ने गाँडो तन्नेरी सबैले कफी क्लबमा लभ गरेर आतङ्क सिर्जना गर्न भ्याएका छन् । आफ्‌न्तको डाहा आरिस रिस गरेर आतकको गफ थुपारेर भुसको थुप्रो जति पनि काम छैन । आतकको भुत जहाँ पनि चढेको हुन्छ ।

यो आतकको गन्थन कुहेका फर्सीको गन्ध हलुँडो र हलोको अनुबन्धजस्तै कहिलै रित्तिदैन । आतङ्कको स्मरण रामभण्डारमा हलुवा पुरी चपाए पनि सकिँदैन । नाता आतङ्क गन्थन मन्थन गर्दा दिन बित्छ हप्ता बित्छ महिना बित्छ बर्षौ बित्छ एक जुग बित्छ । तर दिन रात बर्वराउनु भन्दा यसको डायरी बन्द गरेर भैसी गोठालो नेता र बाख्रो सर्प आतङ्क सम्झेर घण्ट बाजाएरर मस्त प्राणवायु जोगाई सुत्नु नै उत्तम हुन्छ । ए यहि हो कि नाता आतङ्क !

अन्त्यमा, भन्न मन लाग्छ अहिले हामीकहाँ अनेक अनेक आतङ्क खडा हुँदैछन् । ती यावत आतङ्का जरो चाहि नाता आतङ्क नै हो भन्ने कुराको भेउ नपाएसम्म तपाइँँ पनि आतङ्बाट कसैगरे मुक्त हुन सक्नु हुन्न । आतङ्ककै जया गाउँनोस् बस्नुस् ।

०००
तुप्चे -४ , नुवाकोट, काठमाण्डौ १५ चमती ।
हाल : सिड्नी अस्टे्‌लिया
२०२५ मार्च १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x