साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मद पुराण

रात निदाउन शोक बिसाउन सेवन गर्दछ यो मदिरा भन्दछ जो जन छैन उ कन्चन वैभव नाशक हुन्छ सुरा देह गलाउँछ भाव जलाउँछ मित्र बढाउन हुन्छ हिरा

Nepal Telecom ad

मेघराज पौड्याल :

खान्छु उकेल्दछु सङ्कट झेल्दछु तैपनि धोक्दछु यो मदिरा
हाफ समाउँछु ताप बढाउँछु देह डढाउँछु लाग्छ खिया
खान्न म भन्दछु तैपनि तान्दछु दुष्टछ जान्दछु होस हुँदा
साँझ भयो जब मित्र थिए सब भेट हराउँछ यो नहुँदा ।।1।।

भेद खुलाउँछ कष्ट भुलाउँछ दुष्ट डराउँछ मत्त हुँदा
जोस बढाउँछ मान हराउँछ गन्ध फिँजाउँछ लट्ठ हुँदा
बालक छन् घर हो अभिभावक आउन होस विनाश भयो
यो मदिरा किन ? बन्द गरिन्न र मानवतासँग खेल्दछ यो ।।२।।

बोतल भित्र छ हेर्छु विचित्र छ खान मिठो पनि छैन सुरा
लिप्त निरन्तर भो दुनियाँ किन जान्छ सुटुक्क र तान्छ सुरा
सौरभ नष्टछ देह विषाक्तछ तैपनि छोड्दिन यो मदिरा
होस हराउँछ देह सुकाउँछ दौलतको रिपु यो धमिरा ।।३।।

हात छ थर्थर पाउछ लर्बर बोतल छन् तर छैन सुरा
काम बिना अब दाम हराउँछ मित्र सिकाउँछ भन्छ भुरा
सान हराउँछ मान घटाउँछ कष्ट बढाउँछ मानवको
वैभव दोहन भो पछितोपन खुल्दछ होस भयो ननिको ।।४।।

रात निदाउन शोक बिसाउन सेवन गर्दछ यो मदिरा
भन्दछ जो जन छैन उ कन्चन वैभव नाशक हुन्छ सुरा
देह गलाउँछ भाव जलाउँछ मित्र बढाउन हुन्छ हिरा
अन्न सडाउँछ मोल बढाउँछ जीव उमार्दछ नाम इरा ।।५।।

हुन्न कसैसँग सङ्गत केवल वैभवको सब पार्छ धुजा
चेत हराउँछ मार्ग नपाउँछ गाँस उकेल्छ र गर्छ मजा
हुन्न मिठो पनि मित्र थिए अनि चुस्स सबैसँग पान भयो
खेत गयो सब मित्र भए पर सन्ततिको अब गाँस गयो।।६।।

०००
सप्तरी, कञ्चनपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
वृद्धको अवस्था

वृद्धको अवस्था

मेघराज पाैड्याल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x