साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धता

निष्ठा रहन्छ सबका दिलमा अनन्त सत्मार्ग खातिर दगुर्छ सधैँ दिगन्त सन्तुष्ट साथ रहने दिलको पवित्र छन् वृद्धका मगज कन्चन देश भित्र।।

Nepal Telecom ad

मेघराज पौड्याल ‘हात्तीवने’:

कालो कपाल बुझ सुन्दर छैन आज।१।।
गर्छन् घृणा अब सबैतिरका समाज
सारा भए हृदयका गति सुस्त-सुस्त
हे देवराज अब पार सबै दुस्त।।

दाह्री बढे तर रहेन सबै कपाल
सन्तानले दिनहुँ भन्छ बुढो निकाल
सम्पूर्ण बन्धनहरू खुकुला हुँदैछन्
देवेश वृद्ध जतिको प्रभुले सँभाल।।२।।

निन्द्रा हुँदैन निशिमा नित दुःख्छ देह
पानी चुहिन्छ र सबै भरिने छ गेह
बारी भए सकल जर्जर छन् बिहाल
देवेश वृद्ध जतिमा प्रभुले नियाल।।३।।

भेडा चराइ बनको अनि घाँस काट्छन्
नाम्लो बुनेर बरियो पनि नित्य बाट्छन्
छैनन् प्रिया न त युवा घरमा छ बास
देवेश भोजन मिलोस् अब खास-खास।।४।।

रित्तो छ गाउँ अगिको न बजार हाट
देखिन्छ जीर्ण धमिरोसँगको कपाट
डुल्छन् अनन्त अब बानर मस्त-मस्त
हे देव ! किन्न पनि मिल्छ र खै ? प्रशस्त।।५।।

छन् सुन्तला सुरसिला वनझैँ फलेका
हुन्छन् तथापि रसमा अमिलो दलेका
हाँगाबिँगा सकल बानर फाल्न थाल्छ
हे देव ! वृद्ध सबका कपडा निकाल्छ ।।६।।

एक्लो छ बृद्ध जनजीवन धान्नु पर्ने
जे भन्दछन् युवकले सब मान्नु पर्ने
मान्दैन वृद्ध अनि वैभव तान्न थाल्छ
हे देव ! सन्तति न हो मन यो पगाल्छ।।७।।

सुस्ताउँदै लरबरिन्छ र ढल्छ कैले
ठण्डी जमेर दमको कफ फाल्छ जैले
पुग्दैन पोषण मिठो नित खानलाई
दे कष्ट दे प्रभु न दे ! अब लानलाई।। ८।।

सक्दैन तान्न अगिको बल छैन आज
भन्छन् बुढो बिरसिलो कलिला समाज
सम्मान हुन्न बुझ अग्रजको अगाडि
हानेर छेड तिरझै छ सधैँ पछाडि।।९।।

दाह्री जुँगा शिखरका हिउँझैँ बढेका
पर्छन् लिखा र झिरझैँ नङरा गढेका
हुन्छन् तथापि कुल संस्कृति झन् बुझेका
साहित्यमा सुरसिला उपमा सुझेका ।।१०।।

निष्ठा रहन्छ सबका दिलमा अनन्त
सत्मार्ग खातिर दगुर्छ सधैँ दिगन्त
सन्तुष्ट साथ रहने दिलको पवित्र
छन् वृद्धका मगज कन्चन देश भित्र।।११।।

०००
सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
वृद्धको अवस्था

वृद्धको अवस्था

मेघराज पाैड्याल
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x