साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राेल्लासकाे ‘बागबजार बोल्दैन’ माथि परिचर्चा

परिचर्चामा कवि एवम् समालोचक आर.एम. डङ्गोल, समालोचक अनुपमा रेग्मी र कथाकार पवित्रा अधिकारीले मुख्य वक्ताको भूमिका निर्वाह गर्नुभएकाे थियाे भने कवि एवम् नियात्राकार रञ्जु दाहालले कार्यक्रमको सहजीकरण गर्नुभएकाे थियाे ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ जेठ ४ । कवि एवम् आख्यानकार प्रोल्लास सिन्धुलीयको नवीनतम कथासङ्ग्रह ‘बागबजार बोल्दैन’ माथि परिचर्चा तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।

प्रज्ञाभवन, कमलादीमा सम्पन्न कार्यक्रममा साहित्यकारहरूले पुस्तकका विषयवस्तु र सिन्धुलीयको लेखन शैलीमाथि गहन छलफल गर्नुभएकाे थियाे ।

परिचर्चामा कवि एवम् समालोचक आर.एम. डङ्गोल, समालोचक अनुपमा रेग्मी र कथाकार पवित्रा अधिकारीले मुख्य वक्ताको भूमिका निर्वाह गर्नुभएकाे थियाे भने कवि एवम् नियात्राकार रञ्जु दाहालले कार्यक्रमको सहजीकरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा साहित्यकार रवि प्राञ्जल, कथाकार अमोददेव भट्टराई, भुँडीपुराण प्रकाशनका अध्यक्ष केशव पराजुली, सम्पादक लक्ष्मी भट्टराई र कथाकार एवम् मुक्तककार प्रकाश बस्नेत गफाडीले पनि आ–आफ्ना धारणा राख्दै पुस्तक तथा लेखकको व्यक्तित्वको बारेमा प्रकाश पार्नुभएकाे थियाे । उहाँहरूले ‘बागबजार बोल्दैन’ मा समेटिएका कथाहरूको शैली, विषयवस्तु र समग्र साहित्यिक योगदानको विश्लेषण गर्नुभएकाे थियाे ।

२० वटा कथा समावेश ‘बागबजार बोल्दैन’ भुँडीपुराण प्रकाशनबाट बजारमा आएको छ। २ सय ३२ पृष्ठको यस पुस्तकको मूल्य ४ सय ७५ रुपैयाँ तोकिएको छ। परिचर्चा कार्यक्रमले सिन्धुलीयको कथा लेखनलाई थप उचाइमा पुर्‍याउन सहयोग पुर्‍याएको सहभागीहरूले बताउनुभएकाे छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x