साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लिम्पियाधुरा

विलाप गर्छ सम्झिदै उता बसेर काँगडा यता छ दुष्ट तड्पदै इलामको हराभरा मिचेर साँध देशको बसेर गर्छ खै ! कुरा निदाउँदै छ मस्तले उठाउँ लिम्पियाधुरा।।

Nepal Telecom ad

मेघराज पौड्याल @- हात्तीवने :

फुटेर भाइ-भाइमा सुधार यो असम्भव
जुटेर मार्ग बन्दछन् विकास गर्न सम्भव
सिकाइ दिन्छ मित्रले यता बटार्न पाखुरा
प्रबन्ध बन्छ दुष्टको बसेर लिम्पियाधुरा।।

जलाइ दिन्छ देशका अभिन्न शुभ्र गौरव
चुसेर खान्छ देशका युवा लगेर पौरख
बिथोल्छ शान्ति देशको निमठ्न थाल्छ आँकुरा
बनाउँदै छ योजना बसेर लिम्पियाधुरा।।

यहीँ बसेर दुष्टले नियाल्छ नित्य टाकुरा
लुकेर बन्छ योजना चुहिन्न ती कुनै कुरा
म जुर्मुराउँदै उठी बटार्न सक्छु पाखुरा
र राष्ट्र गीत गाउँला बसेर लिम्पियाधुरा।।

जुरुक्क जोसले उठे लुरुक्क पर्छ दुस्मन
तथापि पस्रदै गयौ विदेश पाउ पक्रन
फुरुक्क पार्छ मित्रझैँ गरेर शुभ्र भाषण
सडान मिल्कने यता पठाइ दिन्छ रासन।।

मिचेर साँध फाँटको धरा भयो जलाशय
उठेन देशको युवा अनन्त हुन्छ संशय
सुवीर धीर भै उठे म सुर्कने छु पाखुरा
निदाउँदै छ मस्तले उठाउँ लिम्पियाधुरा।।

विलाप गर्छ सम्झिदै उता बसेर काँगडा
यता छ दुष्ट तड्पदै इलामको हराभरा
मिचेर साँध देशको बसेर गर्छ खै ! कुरा
निदाउँदै छ मस्तले उठाउँ लिम्पियाधुरा।।

०००
सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
वृद्धको अवस्था

वृद्धको अवस्था

मेघराज पाैड्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x