साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्नै गएनन् माझघर बा

डोको समाएर लो लो जाउँ अब तेर्सो बाटो छ छिटो छिटो भन्दै अघि लाग्यो । सबै पछि लागे तर कान्छा बा भने भुतभुताउँदै थे बिस्तार बिस्तार बाटोमा पनि।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

नेपालका पहाडी गाउँघरबाट हिउँद लागेपछि आफूसँग जम्मा गर्न सकेको गाई भैंसीको घिउ, चिउरीको घिउ, मास, गहत, मस्याङ, बोडी डोकामा बोकेर ढाक्रेहरू ठूलो हुलै भएर नेपाल (काठमाण्डू) तिर बेच्न जान्थे। आफूले लगेको बेचबिखन गरेर वर्ष भरीलाई आफूलाई चाहिने लत्ताकपडा, भाँडा बर्तन, मट्टितेल, मरमसला समेत किनेर ढाकर कसेर खकानी लाएर हप्तौं सम्मको बाटो, बाटोमा खाने रासन चामल, पिठो, सातु, पकाउनी चलाउनी समेत लिएर हिँड्थे।

नुवाकोट, धादिंङ, गोरखा, लम्जुङ, तनहुँ, कास्की लगायत धेरै टाढा पश्चिम डोटी देखिका मान्छे पस्र्व पश्चिम गर्ने हुलाकी नेपाल (काठमांण्डू) जानेआउने सरकारी मूलबाटो हो बाह्रपिर्के, भुसुन्ने, चोरकाटे, नयाँसाँधु, निवेल, खान्चोक, मुक्तिंखोला, आरूघाट, सल्यानटार, ह्यापिनी, हाँसे, चरंगे, कटुन्जे, पन्ध्र कोशे, थर्पु, भय्राङभुरूङ, सामरी, कागुने, कुलछेंडी, बगैंचा, त्रिशुली, बटार, खरानीटार, चतुराले, रानीपौवा, बरबन्दी थाप्लो, काउले, ठूलोखोला, पाँचमाने, जितपुरफेदी, धर्मस्थली, लोलाँङ, दुगुर्ने पानी (डुक्रने पानी), बालाजु, नयाँबजार, सोह्रखुट्टे, साउनेपाटी पन्चेसाउको पसल (पन्चनारायण) । यसरी पश्चिमका मानिसहरू काठमाण्डू जाने गर्थे।

चिया पसलमा पसेर चिया खाउँ भनेर हामी गाउँले मास्टर चारजना छेउको बेन्चमा बस्यौं। उता पट्टि छेउमा उटपट्याँङ किर्ते दाइ पनि बसिरा रहेछन्। अनि सँगै माझघर कान्छा वा पनि। चिया पसल्नीले सोधिन् चिया कतिवटा सर ? भनेर। मैले भनें हामी चार उता किर्ते दाइ अनि कान्छा बा हजुर नि चिया खाउँ है भन्ने बुढा त जुरुक्क उठेर “कोहि नभा ठूला मान्छे भा का मु…..हरू।

हलेतो भनेर जानेपछि कोट्याई रन पर्छ।” भन्दै रन्किएर गए । सोध्ने मान्छे जिल्ल परेको देखेर पसल्नीले भनिन् हजुरहरू माष्टरहरू भएर मात्रै हो नत्र एक थप्पड कसिसक्थेँ अरूलाई भा भए। किर्ते दाइ उट्पट्याङ उता मरी मरी हाँसेर भन्दैथे बच्नु भो मास्टर, उस्तैलाई भा भए थपर्क्याउँदै तल्लो गरामा पुय्राऊ नि थे। ए किन नि ? यसको कथाको मुलस्थान यिनै किर्ते दाइ हुन् ऊनैको मुखबाट सुन्नुस्न । भनेर पसल्नी दिदीले भनेपछि माष्टरले भने ए दाइ, लौ त्यो कथा भन्नु त भनेर कथा भन्न लगाए। किर्तेले कथा भन्न थाले-

उहिलेको कुरा हो त्यहि हिउँदे खेलोको शिलशिलामा गोरखाको गाउँबाट तीस चालिस जना जति ढाक्रेहरू नेपाल जाने घिउ, मास बेच्ने र बर्षा खर्ची लिएर आउने भनेर हुलाकी मूलबाटोमा लौरो हातमा खकाने डोको पिठिउँमा बोकेर बिहान कुखुरा नबास्दै चमेरी झाँटमा पूर्वतर्फ लागे। भुईं साँघुमा जम्मा भएर जाने सल्लाह अनुसार त्यहीँ जम्मा भएर खुरूखुरू भारी चुईंक्याउँदै बाटो तताए। त्यो दिन दिनभरी हिंडेर कटुन्जे बास लाग्न पुगे। भोलिपल्ट बिहानै उठेर बाटो लागे तर थाक्दै गएकाले बेलुकी अबेला अबेला चतुराले फेदीमा बास बस्न पुगे।बिहान झिसमिसेमै उठेर बरबन्दीको थाप्लाको उकालो लागेर रानीपौवा पुगेपछि बिश्राम गर्ने चिया खाने तर भात चाहिँ घाम डुब्ने बेला सम्ममा दुगुर्ने पानी पुगिन्छ, त्यही भात खाएर पन्चेको कोठीमा बास बस्न पुग्ने भनेर सल्लाह गरेर चिया बनाइदिनु साहुनी भनेर टाउको गनेर छेउ घरको कलकत्तेले चिया बनाउन लायो।

साहुनीले चिया दुईटा किस्तीमा ल्याएर राखिदिइन् र गइन्। माझघर कान्छा बाले सोधे ए ! कलकत्ते यो चिया त भनिस् तर खाने कसरी हो ? त्यो पनि बता न त नि। केही गल्न पर्दैन कान्छा बा !  आँ गर्ने मुखमा ख्वाल्ल खनाइदिनी भन्याथे सबै मेसो पाएका जति मुखामुख गरेर हाँसे। कान्छा बाले पनि भतिजोले भनिहाल्यो भनेर हातमा गिलास लिएर मुख आँऽगरेर आधा जसो खन्याई हाले मुखमा मात्र हैन पेटैमा समेत पुगेर पोल्दा गिलास र चिया पोल्टैमा खस्रक खसालेर फुस्रै आँखा पल्टाई हाले। ”धन्दै गएनन् माझघर बा।” भनेर भन्दै नजिक बस्नेहरूले छेउ घरकालाई धारे हात लाउँदै बा !बा ! भन्दै समातेर काखमा मुन्टो राखेर चिसो पानी छम्कदै खुवाउन बलगरे ।

यस्तो जाडोमा पनि पसिनै पसिना भाका कान्छा बालाई पसलमा नाङ्लाे मागेर हम्किए। अलि बेरमा कान्छा बाले लामो सास तानेर भने यस्तो ज्यान लिने कुरा पनि खा भन्नहुन्छ किर्ते कान्छा तँ पापी रैछस् मान्छे भने । सबैले हाँसुम् भएन बलै मुकमुकिएर नबोली सुनी मात्र रहे।’ आँ  गर्नी खानी भनेको पो त मैले, कहाँ यस्तो बाहानको तातो मुखमा खन्याएको त नि यस्तो पाको मान्छे ले नि ?” भो नापिस् रिंग्ने म मय्रा भा नि तँ मु … ले अपुताली खान पाउँथिनस् के त नि ? यस्तो खाने कुरामा पनि रेला गर्ने ठ्याम्सिंगे।

कान्छा बा साह्रै नै सन्किएको देखेर सबैले थामथुम पारेर गरेर राखे। यो सबै चियाको पैसा यहि डाँकालाई सजाय तिराउनु पर्छ है केटा हो। ’हो हो कान्छा बा हो भने। किर्ते कान्छाले नि गएर सबै पैसा तिय्रो र नकराई नकराई डोको समाएर लो लो जाउँ अब तेर्सो बाटो छ छिटो छिटो भन्दै अघि लाग्यो । सबै पछि लागे तर कान्छा बा भने भुतभुताउँदै थे बिस्तार बिस्तार बाटोमा पनि।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कि जोत्, कि मेरो पैसा ले

कि जोत्, कि मेरो...

सुरेशकुमार भट्ट
छोरीलाई दही च्यूरा

छोरीलाई दही च्यूरा

सुरेशकुमार भट्ट
अई बटारे ! कति कप खाईस् चिया ?

अई बटारे ! कति...

सुरेशकुमार भट्ट
बाँडफार चिया पसले मने

बाँडफार चिया पसले मने

सुरेशकुमार भट्ट
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
प्रतिनिधि

प्रतिनिधि

सुरेशकुमार पाण्डे
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x