साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धावस्था

खट्नै पर्दछ बाँच्न खातिर बुढो छैनन् युवा गेहमा पुर्खाको पसिना बलात्कृत हुँदा झन् पर्छ सन्देहमा हिँड्दा लर्बर गर्छ पाउ पथमा लौरो विना ढल्दछ फ्याँ-फ्याँ हुन्छ बढेर जो हृदयमा सुस्ताउँदै गल्दछ।।

Nepal Telecom ad

मेघराज पौड्याल :

हाँसूँ लाग्छ तथापि खिस्स मनमा रित्तोछ आफ्नो घर
हाम्रा सन्ततिको अनन्त पसिना चुस्दै निथार्छन् पर
हाँसोस् देश मुसुक्क टन्न घरमा थुप्रै हओस् वैभव
प्राणी मक्ख भएर खित्त मधुरो हाँसेर बस्थे सब।।१।।

उठ्छन् ब्राह्ममुहूर्तमा दिनदिनै पुग्छन् पँधेरातिर
गर्छन् स्नान उषा पवित्र जलमा पस्राइ आफ्नो शिर
पूजापाठ अनन्त हुन्छ मठमा सन्ध्या बिहानी जब
आफ्ना सन्ततिमा समुन्नति हुँदा हाँसी रहन्छन् सब ।।२।।

मात्रै वृद्ध चलाउछन् मुलुक यो सुस्ताउँदै जाँगर
खिल्ली मात्र उडाउने युवक छन् आफैँ दगुर्छन् पर
बस्तीमा पनि वृद्ध मात्र छ सधैँ जन्ती मलामी हुने
मर्दा लाससँगै रहेर बिचरा ! हुन्छन् ती आँखा धुने।।३।।

छोरो पढ्दछ देशमा कठिनले खर्चेर त्यो वैभव
आँखा लाउछ दुष्टका महलमा हुन्छन् छतौरा जब
आफू जान्छ बधूसँगै सहरमा राखेर ती सन्तति
लान्छन् वैभवको बिटो पर कतै सारा भएको जति।।४।।

खट्नै पर्दछ बाँच्न खातिर बुढो छैनन् युवा गेहमा
पुर्खाको पसिना बलात्कृत हुँदा झन् पर्छ सन्देहमा
हिँड्दा लर्बर गर्छ पाउ पथमा लौरो विना ढल्दछ
फ्याँ-फ्याँ हुन्छ बढेर जो हृदयमा सुस्ताउँदै गल्दछ।।५।।

०००
सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
वृद्धको अवस्था

वृद्धको अवस्था

मेघराज पाैड्याल
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x