साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

लगालग जन्ती जाँदैछु : हिजो स्वयम्बरमा खुब ताली बजाइयो आज कविगोष्ठीमा आसनग्रहणमा ताली ठोक्न जाँदैछु ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

१.. पर्फ्युम 
चित्तमा मनु छ, लिङ्कन, मार्क्स र मन्डेला
उसका लागि पर्फ्युमका ब्रान्डनाम मात्र हुन्‌
वस्त्रमा तिनै पर्फ्युम छर्केर ऊ तयार देखियो
उसलाई छुवाछुतका विरुद्ध बोल्न जानु छ ।

२. कम्युनिस्टको नेपाली ब्रान्ड
मुठ्ठी कस्न आउँछ ?
मुठ्ठी उठाउन आउँछ ?
आउँछ भने केही वर्ष पर्ख
मदन भण्डारीपछि इतिहासमा तिम्रै नाम आउँछ ।

३. लामखुट्टेको राष्ट्रिय गीत
आमसभामा एकपछि अर्को
यस देशका कहलिएका भ्रष्टहरूको
सुशासनको भाषण सुनेर फर्किएको दिन
काननजिकै आएको लामखुट्टेको टीँ टीँ पनि
राष्ट्रिय गीत जस्तो सुनिदों रहेछ ।

४. जन्ती
लगालग जन्ती जाँदैछु :
हिजो स्वयम्बरमा खुब ताली बजाइयो
आज कविगोष्ठीमा
आसनग्रहणमा ताली ठोक्न जाँदैछु ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Dibya Giri
Dibya Giri
1 year ago

बेजोड व्यङ्ग्य, बधाई छ ।

Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
नाक

नाक

ईश्वर पाेखरेल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
1
0
Would love your thoughts, please comment.x
()
x