साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा-प्रतिष्ठानद्वारा दशजना स्रष्टालाई प्रज्ञा पुरस्कार समर्पण

भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र संस्कृति लगायतका विधामा विशेष योगदान पुर्याउनु भएका १० जना स्रष्टा व्यक्तित्वलाई एक समारोहबिच पुरस्कृत गरिएको हो।

Nepal Telecom ad

काठमाडाैं, २०८२ वैशाख ३० । नेपाल प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र संस्कृति लगायतका विधामा विशेष योगदान पुर्याउनु भएका १० जना स्रष्टा व्यक्तित्वलाई एक समारोहबिच पुरस्कृत गरिएको हो।

प्रमुख अतिथि मन्त्री पाण्डेले पानसमा दीप प्रज्वलन गरेर प्रज्ञा पुरस्कार २०८१ समर्पण समारोहको समुद्घाटन गर्दै ‘प्रज्ञा भाषा पुरस्कार’ भाषाविद् चूडामणि रेग्मी, दिल साहनीलाई ‘प्रज्ञा सामाजिकशास्त्र पुरस्कार’, डिक बान्तावालाई ‘प्रज्ञा संस्कृति पुरस्कार’, शारदारमण नेपाललाई ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ र जसराज किरातीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (पद्य), कृष्ण धरावासीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (गद्य)’, डा. सुधा त्रिपाठीलाई ‘प्रज्ञा समालोचना पुरस्कार’ र गोपीरमण उपाध्यायलाई ‘प्रज्ञा दर्शन पुरस्कार’, बलराम अधिकारीलाई ‘प्रज्ञा अनुवाद पुरस्कार’ र भारतका भविलाल लामिछानेलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार’ समर्पण गर्नुभएको थियाे।

उक्त प्रज्ञा पुरस्कारको राशि जनही एक लाख रूपैयाँ र ताम्रपत्र रहेको छ। समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आफ्नै प्रयास र सदीक्षामा प्रतिष्ठानले पुरस्कार स्थापना गरेको भन्दै प्रसन्नता प्रकट गर्दै पुरस्कारले स्रष्टा र परिवारलाई समेत प्रेरणा प्रदान गर्ने बताउनु भएको थियो ।खास लेखकले मानिसलाई विश्वस्त दिलाउन सक्नुपर्नेमा जोड दिँदै निराशा सञ्चार गर्नु नहुने बताउनु भएको थियो । लेखकहरूले भविष्यलाई समेत मार्ग दर्शन गर्दै समग्र बेथितिविरुद्ध आवाज उठाउँदै राष्ट्रभक्तिमा जोड दिनुपर्ने बताउनु भएको थियोे।

भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले पुरस्कृत प्रतिभालाई बधाई ज्ञापन गर्दै एकल जातीय भाषिक संरचना अझै पनि नबदलिएकाले सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताउनु भएको थियो।

समारोहका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कृत व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै भाषा, साहित्य, संस्कृति नै पहिचान भएको बताउँदै १२४ भाषाको ज्ञान प्रणालीसँग प्रज्ञा-प्रतिष्ठान एकाकार हुनुपर्नेमा जोड दिँदै प्रज्ञाको घर हार्डवयर भए जस्तै यसभित्रका सफ्टवयर भनेका दिमाग र चिन्तन भएको बताउनुभएको थियोे । प्राज्ञिक चिन्तन नै मुख्य रहेको कुरा कुलपति राईले बताउनु भएको थियो।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले उद्घोषणका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै विशिष्ट योगदान पुर्याएका विधागत प्रतिभालाई पुरस्कृत गरिएको बताउनु भएको थियोे।प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले स्वागत मनतव्यका क्रममा प्राज्ञिक योगदान पुर्याएका विशेष व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताउनु भएको थियो।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले पुरस्कृत स्रष्टा व्यक्तित्वको विधागत योगदान बारे चर्चा गर्दै खास समयमा सिर्जनात्मक र अनुसन्धानात्मक योगदान गरेकालाई नै प्रज्ञा-प्रतिष्ठानले पुरस्कृत गरेको बताउनुभएको थियो।

समारोहमा पुरस्कृत स्रष्टाका तर्फबाट गोपीरमण उपाध्याय, शारदारमण नेपाल,जसराज किराती, दिल साहनी, भविलाल लामिछाने, डा.बलराम अधिकारीले आआफ्नो मन्तव्य राख्नुभएको थियो।

प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर २०८१साल फागुुन ९ गतेका दिन ‘पहाडी र हिमाली क्षेत्रतर्फ गणेश वाम्बुले राई र तराई-मधेस क्षेत्रतर्फ कमलसिं रानालाई मातृभाषा साहित्य पुरस्कार २०८१’ समर्पण पहिल्यै गरेको थियो ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x