साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानुन

"त्यसैले त हजुरलाई बोलाएको। बरू यी धाराहरूमा के कस्ता सजाय हुनसक्छन् ?"- उसले छोरालाई लागेका कानूनका धाराहरू देखाउँदै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सर नमस्ते”- वकिल पन्नु भित्र प्रवेश गर्दै भन्यो।

“नमस्ते व़किल साहिब स्वागत छ।”-मन्त्री भद्रकालीले स्वागत गर्दै बस्न इसारा गर्यो।

“सर ! हजुरले बोलाई पठाउँनुभएको रहेछ म कतै गएको थिएं। सुन्दा बित्तिकै तुरून्तै हाजिर भए।”- व़किल पन्नुले सफाइमा मुस्कुराउँदै भन्यो।

“हो हजुरसँग सल्लाह गर्ने एउटा काम आइपर्यो। त्यसैले फोन गर्नुभन्दा मेरो ड्राइबर उतैबाट आउँने भएकोले हजुरलाई बसालेरै ल्याए भनेको थिएँ। हजुर कतै जानुभएको रहिछ ।”-मन्त्री भद्रकाली पनि खिसिक्क हाँस्दै भन्यो।

” सर कस्तो काम आइपर्यो सरलाई आज्ञाँ बक्सियोस्।”-व़किलले मन्त्री तिर हेर्दै टाउको झुकायो।

“खास होइन ! हजुरलाई त थाहा छ अचेलका केटा केटीहरूको रमाउँने दिन, हाँस्ने खेल्ने र ठट्टा गर्ने दिन हुन्छ। हाम्रो छोरा पनि हँसिलो स्वभावको छ। केही गलती गरेहोला प्रहरीले छोपेछ। फोन गर्दा पनि छाडेन। चलान काटेपछि बल्ल मलाई जानकारी भयो।”- मन्त्री भद्रकालीले भन्यो।

“अब बाबु उतै हुनुहुन्छ ?”- व़किलले सोध्यो।
“हो हाम्रो बाबु उतै छ। एउटी केटी जाईलागेकी छ।”-मन्त्री भद्रकालीको अनुहारमा अचानक कालो बादल छायो। “चिन्ता नलिनुहोस् सर म छुँ नि।”-व़किलले सान्तवाना दिदैभन्यो।

“त्यसैले त हजुरलाई बोलाएको। बरू यी धाराहरूमा के कस्ता सजाय हुनसक्छन् ?”- उसले छोरालाई लागेका कानूनका धाराहरू देखाउँदै भन्यो।

“सर हजुरका लागि केही पनि छैनन् सबै धारा उलटपलट हुनसक्छन्।”- व़किलले मन्त्रीतिर हेर्दै मुख मिठायो।

“मन्त्री भद्रकालीले पाँचसयको एउटा गड्डी निकालेर व़किललाई थमायो।

०००
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x