माधव पोखरेल गोज्याङ्ग्रेबिग्रेछ चाला पुरा
खाए घाँस पराल पात घरमा चर्छन् बजारैतिर गुण्डा नायक भै हिडे शहरमा मान्छे भनौ के गरी नेता बन्न त छैन लायक यता नेता भनौँ के गरी हालौ खाडलमा र फोहर सरी गाडौँ नचिन्ने गरी ।

माधव पोखरेल गाज्याङ्ग्रे :
ए भाते भतुवा समाज भडुँवा नेता भयौँ के गरी
धर्तीमा खिचलो छ याद गर लौँ बस्छौँ सधैँ ट्वाँ परी
आफ्नो देश बचाउनै सकस भो सुन्छौ उसैको कुरा
गर्छौ सादर भक्तिभाव उसकै बिग्रे छ चाला पुरा ।
सेवा ढोग विहान साँझ दिनहुँ चम्चा गिरीका कुरा
खान्छौ भोज भतेर मोज सितले घुंडा धसेरै पुरा
सीमा साँध मिचेर हराउन गयो सारा किला देशको
सत्तामा किचलो गरेर जहिले शोभा गयो देशको ।
डोकोमा अडिने छ दूध दुहुँदा नेता अहा देशका
बोकाको भरमा छ दूध घरमा खाँदै गरेका कति
भ्रष्टाचार अचार भो समयको स्वादिष्ट व्याञ्जन् सरी
कालो काल भयो सफेद पसिना आघात आफ्नै गरी ।
आफू झैँ अरुछैन भन्छ जसले खाल्डो खनेको हेर
आफ्नै गाउँ छिमेकमा नजरले देखेर दोषी धेर
मान्छे भित्र रहेन मानव चुरो ढुङ्गो सरी भो मन
मान्छे भित्र अटेन यो समयको मान्छे बिगार्ने धन ।
बोल्यो लाज पचाउँदै सरमले आफैँ फटाहा भयो
बोली कर्कस झैँ छ सुन्न नहुने मान्छे मगन्ते भयो
भाड्यो देश यता लियो मुलुकको सत्ता र भत्ता पनि
बेकामी नर वा त वानर भनौ नेता तिनै हुन् अनि ।
खाए घाँस पराल पात घरमा चर्छन् बजारैतिर
गुण्डा नायक भै हिडे शहरमा मान्छे भनौ के गरी
नेता बन्न त छैन लायक यता नेता भनौँ के गरी
हालौ खाडलमा र फोहर सरी गाडौँ नचिन्ने गरी ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































