साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिग्रेछ चाला पुरा

खाए घाँस पराल पात घरमा चर्छन् बजारैतिर गुण्डा नायक भै हिडे शहरमा मान्छे भनौ के गरी नेता बन्न त छैन लायक यता नेता भनौँ के गरी हालौ खाडलमा र फोहर सरी गाडौँ नचिन्ने गरी ।

Nepal Telecom ad

माधव पोखरेल गाज्याङ्ग्रे :

ए भाते भतुवा समाज भडुँवा नेता भयौँ के गरी
धर्तीमा खिचलो छ याद गर लौँ बस्छौँ सधैँ ट्वाँ परी
आफ्‌नो देश बचाउनै सकस भो सुन्छौ उसैको कुरा
गर्छौ सादर भक्तिभाव उसकै बिग्रे छ चाला पुरा ।

सेवा ढोग विहान साँझ दिनहुँ चम्चा गिरीका कुरा
खान्छौ भोज भतेर मोज सितले घुंडा धसेरै पुरा
सीमा साँध मिचेर हराउन गयो सारा किला देशको
सत्तामा किचलो गरेर जहिले शोभा गयो देशको ।

डोकोमा अडिने छ दूध दुहुँदा नेता अहा देशका
बोकाको भरमा छ दूध घरमा खाँदै गरेका कति
भ्रष्टाचार अचार भो समयको स्वादिष्ट व्याञ्जन् सरी
कालो काल भयो सफेद पसिना आघात आफ्‌नै गरी ।

आफू झैँ अरुछैन भन्छ जसले खाल्डो खनेको हेर
आफ्‌नै गाउँ छिमेकमा नजरले देखेर दोषी धेर
मान्छे भित्र रहेन मानव चुरो ढुङ्गो सरी भो मन
मान्छे भित्र अटेन यो समयको मान्छे बिगार्ने धन ।

बोल्यो लाज पचाउँदै सरमले आफैँ फटाहा भयो
बोली कर्कस झैँ छ सुन्न नहुने मान्छे मगन्ते भयो
भाड्यो देश यता लियो मुलुकको सत्ता र भत्ता पनि
बेकामी नर वा त वानर भनौ नेता तिनै हुन् अनि ।

खाए घाँस पराल पात घरमा चर्छन् बजारैतिर
गुण्डा नायक भै हिडे शहरमा मान्छे भनौ के गरी
नेता बन्न त छैन लायक यता नेता भनौँ के गरी
हालौ खाडलमा र फोहर सरी गाडौँ नचिन्ने गरी ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x