साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धको अवस्था

सुकेका चाउरे गाला दाँत छैनन् चपाउने सल्लाह गर्छ छोराले बुढाबुढी धपाउने पिसाब हातले थाम्यो दिसा खुस्केर झर्दछ अनेकौँ बोझ छन् प्यावा आफैँले धुनुपर्दछ ॥

Nepal Telecom ad

मेघराज पौड्याल :

गाउँमा जन्मिए वृद्ध गाउँमै मर्नु पर्दछ
असीपार हुँदा देह बालबच्चा ठहर्दछ
पाहुँना घरमा आए नचिन्दा सोध्नु पर्दछ
सोधिएमा बुढो मान्छे कुनालीझैँ ठहर्दछ ॥१॥

छोरो जागिरमा बस्ने बुहारीसँगमा हुने
छोरी छिन् ज्वाँइका साथ बुढाले कपडा धुने
बुढी छिन् घरमा रोगी ओखतीले अघाउँछिन्
च्याँख्ला चामल नाङ्लोमा केलाउन सघाउँछिन् ॥२॥

बुढीले सुस्तरी घान ढिकीमा घान लाउँछिन्
धम्कीले सास रोकेर औषधालय धाउँछिन्
न छोरा हेर्दछन् आमा न छोरी हेर्न पाउँछन्
छिमेकी घरका मान्छे दुलोबाट चियाउँछन् ॥३॥

सुकेका चाउरे गाला दाँत छैनन् चपाउने
सल्लाह गर्छ छोराले बुढाबुढी धपाउने
पिसाब हातले थाम्यो दिसा खुस्केर झर्दछ
अनेकौँ बोझ छन् प्यावा आफैँले धुनुपर्दछ ॥४॥

युवाबस्था थियो पैले बालबच्चा उठाउँदा
पियारो गर्दथे सारा भोका नाङ्गा चुठाउँदा
सन्तति बस्दछन् टाढा आमा वृद्ध भएपछि
चित्र खिच्दै रुने छोरो बाबु स्वर्ग गएपछि ॥५॥

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x