सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्धको अवस्था

सुकेका चाउरे गाला दाँत छैनन् चपाउने सल्लाह गर्छ छोराले बुढाबुढी धपाउने पिसाब हातले थाम्यो दिसा खुस्केर झर्दछ अनेकौँ बोझ छन् प्यावा आफैँले धुनुपर्दछ ॥

Nepal Telecom ad

मेघराज पौड्याल :

गाउँमा जन्मिए वृद्ध गाउँमै मर्नु पर्दछ
असीपार हुँदा देह बालबच्चा ठहर्दछ
पाहुँना घरमा आए नचिन्दा सोध्नु पर्दछ
सोधिएमा बुढो मान्छे कुनालीझैँ ठहर्दछ ॥१॥

छोरो जागिरमा बस्ने बुहारीसँगमा हुने
छोरी छिन् ज्वाँइका साथ बुढाले कपडा धुने
बुढी छिन् घरमा रोगी ओखतीले अघाउँछिन्
च्याँख्ला चामल नाङ्लोमा केलाउन सघाउँछिन् ॥२॥

बुढीले सुस्तरी घान ढिकीमा घान लाउँछिन्
धम्कीले सास रोकेर औषधालय धाउँछिन्
न छोरा हेर्दछन् आमा न छोरी हेर्न पाउँछन्
छिमेकी घरका मान्छे दुलोबाट चियाउँछन् ॥३॥

सुकेका चाउरे गाला दाँत छैनन् चपाउने
सल्लाह गर्छ छोराले बुढाबुढी धपाउने
पिसाब हातले थाम्यो दिसा खुस्केर झर्दछ
अनेकौँ बोझ छन् प्यावा आफैँले धुनुपर्दछ ॥४॥

युवाबस्था थियो पैले बालबच्चा उठाउँदा
पियारो गर्दथे सारा भोका नाङ्गा चुठाउँदा
सन्तति बस्दछन् टाढा आमा वृद्ध भएपछि
चित्र खिच्दै रुने छोरो बाबु स्वर्ग गएपछि ॥५॥

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
वृद्ध

वृद्ध

मेघराज पाैड्याल
ढाड भाँचिन्छ हाम्रो

ढाड भाँचिन्छ हाम्रो

मेघराज पाैड्याल
जेठाकाे आत्म-बिलाैना

जेठाकाे आत्म-बिलाैना

देवीप्रसाद मिश्र
बाबुआमा (काव्यांश- ४७)

बाबुआमा (काव्यांश- ४७)

दीनानाथ पाेखरेल
चिन्न पाएको छैन

चिन्न पाएको छैन

डिल्लीराज अर्याल
आमाको चिन्ता (२)

आमाको चिन्ता (२)

कविराज घिमिरे
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका कहर

वृद्धका कहर

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x