सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एकै देख्छु अचेल

देशमा मान्छे शहीद भएर मरे मरेर शहीद भए भर्ने र मार्ने कपूत र सपूत एकै देख्छु अचेल ।

Nepal Telecom ad

मरुभूमि नारायण :

मेरो कालो अनुहार र भूत एकै देख्छु अचेल
नजिकका साथी र यमदूत एकै देख्छु अचेल ।

नखाओ भन्दा मान्दैनन् ती विद्वान साथीहरू
त्यो बिचरा र कुकुरको मूत एकै देख्छु अचेल ।

सेवाको नाउँमा भोको भुँडी नभर्ने को होला ?
अनि समाजसेवी र कपूत एकै देख्छु अचेल ।

साढे ब्याउँछ यो देशमा राँगो पनि ब्याउँछ रे
एक्कासि अचम्म र अदभूत एकै देख्छु अचेल ।

देशमा मान्छे शहीद भएर मरे मरेर शहीद भए
भर्ने र मार्ने कपूत र सपूत एकै देख्छु अचेल ।

सेतै भए पनि दही र दूधमा ठूलो भिन्नता हुन्छ
निष्कृय लालुपति र राजदूत एकै देख्छु अचेल ।

०००
तनहुँ, राजीगाउँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शिक्षकहरूले …

शिक्षकहरूले …

मरुभूमि नारायण
कसम

कसम

मरुभूमि नारायण
मुखमा कालो नकाव छ

मुखमा कालो नकाव छ

मरुभूमि नारायण
देश चलेको छ खरदारबाट

देश चलेको छ खरदारबाट

मरुभूमि नारायण
यो देशमा

यो देशमा

मरुभूमि नारायण
फरक किन ?

फरक किन ?

मरुभूमि नारायण
झुक्किन्छ दुनियाँ

झुक्किन्छ दुनियाँ

युवराज भण्डारी
काे हैनाै तिमी…

काे हैनाै तिमी…

फित्काैली डटकम
ईर्ष्याले सेरिए

ईर्ष्याले सेरिए

सुरेश चन्द्र घिमिरे
शिक्षकहरूले …

शिक्षकहरूले …

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x