साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यै बाँसको भुर्कुने

घारो बन्दछ लास बोक्न बलियो संस्कार मान्छन् सब लिङ्गो हुन्छ पवित्र जो कृषकले बेचे सधैँ वैभव कोक्रो हुन्छ बलो गजो सरसँगै काम्रो र चोयो हुने टाटी ढाट सिँढी बनिन्छ सहजै यै बाँसको भुर्कुने।

Nepal Telecom ad

मेघराज पौड्याल @हात्तीवने :

तामा मेसु अचार हुन्छ गतिलो डालो र नाङ्लो भुने
डोको ढाकर खाट माच र खुँगा सोली र हुक्का हुने
ढुङ्ग्री मेचसँगै बनिन्छ मुरली दाम्लो र नाम्लो अनि
फित्कौली बिँड हाल्न मिल्दछ कतै भाटो र साटो पनि।।१।।

पेरुङ्गो धनुकाँड बन्दछ जुवा बाजा बिनायो अनि
चित्रो चिर्पट बाँसुरी दलिन ती बन्छन् गुलेली पनि
ढुङ्ग्रो बन्दछ गोठ हुन्छ सजिलो डाँडा र भाटा हुने
यौटा हुन्न हलो दराज छपनी सिन्को र लौरो हुने।।२।।

कोठो चाल्नु फिपी बनिन्छ कुनियाँ ठेडी र ढोक्सो नली
खाँबो टेबुल बन्छ फुर्लुङ ढकी दाँदे र ढाकी पनि
चङ्गा उड्दछ काँगियो र शिरको थाक्रो भकारी अरू
मान्द्रो खोर अझै मचान गतिलो थुन्से र बक्साहरू।।३।।

टौवा दिव्य गिलास बन्दछ नयाँ टोपी र छाता अनि
राम्रो गेह बनिन्छ सुन्दर बुटे यै हुन्छ थाँक्रो पनि
छेको हुन्छ मियो डिको कलम यो नाला हुनेछन् अनि
भाला खर्पन बन्दछन् अझ कतै ठोकिन्छ भ्याल्सी पनि।।४।।

घारो बन्दछ लास बोक्न बलियो संस्कार मान्छन् सब
लिङ्गो हुन्छ पवित्र जो कृषकले बेचे सधैँ वैभव
कोक्रो हुन्छ बलो गजो सरसँगै काम्रो र चोयो हुने
टाटी ढाट सिँढी बनिन्छ सहजै यै बाँसको भुर्कुने।।५।।

०००

सप्तरी, कञ्चनपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
वृद्धको अवस्था

वृद्धको अवस्था

मेघराज पाैड्याल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x