सुरेशकुमार पाण्डेजीवन दान
अहिलेको वातावरण त भिन्दै पो भयो त ! आखिर मरिसकेको यो तुफानलाई कसले दियो जीवन दान ?" -मृगौली र आनन्दले आपसमा कानेखुसी गर्नथाले।

सुरेशकुमार पाण्डे :
“उफ..!”- धेरैदिन पछि आएको तुफानलाई देख्यो र आनन्द झसङ्ग भयो।” –
“के तुफानको अपसान भएको होइन र ? मृगौली !” आनन्दले बिस्तारै आफ्नी जीवन सङ्गिनीलाई इसारा गर्दै भन्यो।
“खैत मैले पनि सुनेको त त्यहीनै हो क्यारे तर..!” ऊ पनि तुफानलाई देखेपछि झसङ्ग भई। मिर्गौलीले आफ्नै हातलाई आफैले चिमोटी।
तर तुफान मृगौलीको सामुन्य ठिङ्ग उभिएकै थियो। “ओहो ! यो त साँच्चै पो रहिछ। मैले त अहिलेसम्म सपना पो सम्झिएकी थिएँ।”- उसले मनमनै भनी।
“गुडुडुडु.. !”- बादल एक्कासी गर्जियो।उस्तै आकासमा बिजुली सँगै चट्याङ्ग पर्यो।आकाशबाट ठुलाठुला थोप्ला पानी पर्न थाल्यो। अहिलेको वातावरण त भिन्दै पो भयो त ! आखिर मरिसकेको यो तुफानलाई कसले दियो जीवन दान ?” -मृगौली र आनन्दले आपसमा कानेखुसी गर्नथाले।
“कतै हामीबाट भएको कम्जोरीको परिणाम त होईन ?”- आपसमै आत्मा मन्थन् गर्नथाले।
“म त जोगिएँ तर तिमीहरू कसरी जोगिन्छौ ?
“तुफानले बल्ल ठुलो डाँकोमा मुख खोल्यो।
आनन्द र मृगौली छाता खोज्दै थिए। तर लुथ्रुक्क भिजेको बिरालो जस्तै भैसकेका ।जीवन दानको लागि याचना माग्दै थिए।
तुफान भने अहिले अटल अविचलित अवस्थामा देखिन्थ्यो।
०००
घोराही- १८, दाङ
२५-०११-२०८१
Subscribe
Login
0 Comments
Oldest







































