विश्वनाथ ढुङ्गेलबाबा फर्केर आऊ घर
तिम्रा सजि सजाउ लुगा र फाटाहरु रङ्गिएका छन् हाम्रा आँसुका टाटाहरु । छल गरेर भन न बाबा छोडी गयौ नि किन जहाँ छौ भन बाबा आउँछौ नि हामी लिन ।

विश्वनाथ ढुङ्गेल :
हाँसिखेली रमेका छन्
गाउँ वर र पर
सुनसान हुने भयो अब
बाबा नहुँदा घर । १
तिम्रै यादले होला
रुन्छिन् आमा धर धर
आमाकाे आँसु पुछ्न बाबा
आऊ न फर्कि घर ।२
रोई बसेका छौँ बाबा
मुन्टो लुकाई तर
छैन सजीसजाउ बाबा
तिमी विना यो घर ।३
छोडी गयौ तिमीले बाबा
हाम्रो पनि को छ र
हाम्रा खुशी दिलाउन बाबा
फर्केर आऊ घर ।४
सपना त ठूलो थियो नि बाबा
थियो नि बेग्लै रहर
तिमी नहुँदा अहिले बाबा
सून्य भयो नि याे घर । ५
निर्मल थियो नि बाेली
बाबा थिए नीडर
टुहुरा नबनाऊ बाबा
आऊ न फर्कि घर । ६
घाँस पराल खोजन
आमालाई लिई साथमा
घरको दियो निभिगयो
बस्छौं नि कालाे रातमा । ७
हातका ललिपप
खान्थ्यौँ नि बाडीँ चुसी
इरादा थियो नि बाबा
हाँसने र खेलने खुशी। ८
तिम्रा ती तस्विरले
बाबा बोलेझैं लागेको
कनकले सुन्दछ बाबा
बाबु भनि डाकेको ।९
तिमी नहुँदा बाबा
जीवन खड्कियो रहर
के गरी ओतने यो झरी बाबा
कच्चा छ हाम्रो घर । १०
तिम्रा सजि सजाउ
लुगा र फाटाहरु
रङ्गिएका छन् हाम्रा
आँसुका टाटाहरु ।११
छल गरेर भन न बाबा
छोडी गयौ नि किन
जहाँ छौ भन बाबा
आउँछौ नि हामी लिन । १२
मुख हेरने दिनमा बाबा
तस्विर हेर्नै पर्यो
निर्मोही बन्यौ नि कि
बाबालाई कसले हर्यो । १३
टुहुरा भयौँ नि हामी
आमा भइन् मुर्छित
सबैका थियौ नि बाबा
हँसिला अनि लक्षित । १४
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































