विश्वनाथ ढुङ्गेलआमा (१)
हुर्काई बढाई पढाइ भन्थ्याै नि ठुलाे भएस् मेरा आँसु झरेर के भाे खुसीमा रम्दै रहेस् ।१३ चिन्ताले याे मनलाई खाई सक्याे नि हेर आफ्नै खुनलाई आमा सम्झेर आउन घर ।

विश्वनाथ ढुङ्गेल (नुन बाजे) :
साथ छाेडी हिँड्याै नि आमा
मेराे बिचारि बर
हसिलाे मुहार बिना तिम्राे
रित्ताे भयाे नि घर ।१
डुल्थ्याै घर आँगनमा आमा
अब डुल्ने काे भाे र
बारीकाे डिलबट आमा
फर्केर आउन घर ।२
खेल्थेँ आँगनमा घुमि
मायाले फुर फुर्केर
वालापन त नियाली
दियाै नि बढेँ म हुर्केर ।३
तिम्रा साथका झड्काले
निदै कहाँ छ र
हातकाे सिरानी बन्न आमा
आउन फर्कि घर ।४
तिम्रा ती नयनका आमा
झिकी दिन्थेँ म कण
कसरी भुलुम आमा
तिम्रा हँसाई क्षण ।५
हाँस्नै पाईन मैले आमा
रुन्छ नि मन हेर
आँसु पुछ्न भए पनि आमा
आउन फर्कि घर ।६
कुटाे काेदालाे हँसिया
खिया परेर झरे
घाँस पराल नहुँदा आमा
गाई बाख्रा भाेक्कै परे ।७
विहान सवेरै उठेि
ढाेका उघार्ने काे छ र
उज्यालाे भएन आमा
फर्केर आउन घर।८
काम गर्दा बज्दथ्याे ती
तिम्रा हातका चुरा
रुन्छ नि याे मन सधैं
मायाले गर्देउ पूरा ।९
ताउ राेइरहेछ आमा
राेटी पकाउने काे छ र
भाेक प्यास मेटाउन आमा
फर्कि आउन घर।१०
तिम्रा फरिया तानेर
मैले गुडुँल्की खेल्या
कसरी भुलुम आमा
माया तिमिले झेल्या ।११
जति दुख दिए पनि आमा
हाँसेर बस्थ्याै पर
तीदुखलाई सम्झेर आमा
आउन फर्कि घर ।१२
हुर्काई बढाई पढाइ
भन्थ्याै नि ठुलाे भएस्
मेरा आँसु झरेर के भाे
खुसीमा रम्दै रहेस् ।१३
चिन्ताले याे मनलाई
खाई सक्याे नि हेर
आफ्नै खुनलाई आमा
सम्झेर आउन घर ।१४
०००
सूर्यविनायक, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































