साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा (१)

हुर्काई बढाई पढाइ भन्थ्याै नि ठुलाे भएस् मेरा आँसु झरेर के भाे खुसीमा रम्दै रहेस् ।१३ चिन्ताले याे मनलाई खाई सक्याे नि हेर आफ्नै खुनलाई आमा सम्झेर आउन घर ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल (नुन बाजे) :

साथ छाेडी हिँड्याै नि आमा
मेराे बिचारि बर
हसिलाे मुहार बिना तिम्राे
रित्ताे भयाे नि घर ।१

डुल्थ्याै घर आँगनमा आमा
अब डुल्ने काे भाे र
बारीकाे डिलबट आमा
फर्केर आउन घर ।२

खेल्थेँ आँगनमा घुमि
मायाले फुर फुर्केर
वालापन त नियाली
दियाै नि बढेँ म हुर्केर ।३

तिम्रा साथका झड्काले
निदै कहाँ छ र
हातकाे सिरानी बन्न आमा
आउन फर्कि घर ।४

तिम्रा ती नयनका आमा
झिकी दिन्थेँ म कण
कसरी भुलुम आमा
तिम्रा हँसाई क्षण ।५

हाँस्नै पाईन मैले आमा
रुन्छ नि मन हेर
आँसु पुछ्न भए पनि आमा
आउन फर्कि घर ।६

कुटाे काेदालाे हँसिया
खिया परेर झरे
घाँस पराल नहुँदा आमा
गाई बाख्रा भाेक्कै परे ।७

विहान सवेरै उठेि
ढाेका उघार्ने काे छ र
उज्यालाे भएन आमा
फर्केर आउन घर।८

काम गर्दा बज्दथ्याे ती
तिम्रा हातका चुरा
रुन्छ नि याे मन सधैं
मायाले गर्देउ पूरा ।९

ताउ राेइरहेछ आमा
राेटी पकाउने काे छ र
भाेक प्यास मेटाउन आमा
फर्कि आउन घर।१०

तिम्रा फरिया तानेर
मैले गुडुँल्की खेल्या
कसरी भुलुम आमा
माया तिमिले झेल्या ।११

जति दुख दिए पनि आमा
हाँसेर बस्थ्याै पर
तीदुखलाई सम्झेर आमा
आउन फर्कि घर ।१२

हुर्काई बढाई पढाइ
भन्थ्याै नि ठुलाे भएस्
मेरा आँसु झरेर के भाे
खुसीमा रम्दै रहेस् ।१३

चिन्ताले याे मनलाई
खाई सक्याे नि हेर
आफ्नै खुनलाई आमा
सम्झेर आउन घर ।१४

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
आमाकाे संझना

आमाकाे संझना

विश्वनाथ ढुङ्गेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x