साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इतिहास शिरोमणि आचार्यकाे १३८औँ जन्मजयन्ती सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको पानसमा बत्ती बालेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपालले समुद्घाटन गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ साल चैत्र १ गते । इतिहास शिरोमणि बाबुराम आचार्यको १३८औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको पानसमा बत्ती बालेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपालले समुद्घाटन गर्नुभएको थियो ।

उहाँले इतिहास, विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए पनि त्यसमा अहिलेका पिँढीको उचित ध्यान जान नसकेको बताउनु भएको थियोे । कुलपति राईले आफू इतिहासशिरोमणि आचार्यको विद्धता र योगदानबाट प्रभावित भएको बताउँदै प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

नेपालको राष्ट्रिय इतिहास र संस्कृतिका प्रखर अन्वेषक आचार्य विषय प्रवचन कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राडा रमेश ढुङ्गेलले अन्वेषणको आधुनिकता वा वैज्ञानिकताको आधारमा उहाँ जीवनभर नै इतिहास–संस्कृति अन्वेषण र अध्ययनमा नै समर्पित रहेको बताउनु भएको थियो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा दिनेशराज पन्तले इतिहास शिरोमणि आचार्यलाई युरोपमुखी आधुनिकताका सिद्धान्त र व्यवहारले प्रभाव पारेको विषय तर्कसङ्गत भएको उल्लेख गर्नुभएको थियोे।उहाँले कार्यपत्रमा उल्लेख भएको आचार्यजीको जीवनको पूर्वार्द्धदेखिको सङ्गत र प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव युरोपको आधुनिकतावाद , मानवतावाद र त्यसै धारको स्वतन्त्रताका हिमायती राजनीतिज्ञ, लेखक, दार्शनिक, साहित्यकार र समाजसेवीहरूसँग थियो’ भन्ने विषय उचित भएको जिकिर गर्नुभएको थियो ।

इतिहासशिरोमणि प्रतिष्ठानका अध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य प्रा.डा. त्रिरत्न मानन्धरले आचार्य त्यस बेलाका अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताउँदै आगामी दिनमा सरकारसँग सहकार्य गरेर उहाँको योगदानको कदर गर्न प्रतिष्ठान लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष प्राडा सुरेन्द्र केसीले इतिहास शिरोमणि आचार्यको इतिहास लेखनमा ज्यादै महत्त्वपूर्ण योगदान रहेको बताउँदै राज्यले अहिलेसम्म उचित योगदान गर्न नसकेको बताउनुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले उहाँको ‘जे देख्यो त्यो लेख्ने’ प्रवृत्ति रहेको आफूले पढेको बताउँदै इतिहासशिरोमणि आचार्य सृजनशीलतामा निडर र हक्की स्वभावको भएको कुरा उहाँका कृतिले पुष्टि गर्ने उल्लेख गर्नुभएको थियो ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x