फित्काैली डटकमनेपाली बालकले बनाए सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान
एशिया बुक अफ रेकर्डस्का अनुसार मोरङ स्थायी घर भएका पौडेलले तीन वर्षको उमेरमा ३ मिनेट ६ सेकेण्डसम्म मादल बजाएर कीर्तिमान बनाएका हुन् ।

काठमाडाैं, २०८२ वैशाख २९ । नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान कायम गरेका छन् ।
एशिया बुक अफ रेकर्डस्का अनुसार मोरङ स्थायी घर भएका पौडेलले तीन वर्षको उमेरमा ३ मिनेट ६ सेकेण्डसम्म मादल बजाएर कीर्तिमान बनाएका हुन् ।
पौडेलले नेपाली सदाबहार ‘लेकाली हो चोया को डोको’ बोलको गीतमा हार्मोनियमसँग लय मिलाउँदै मादल बजाएर कीर्तिमान बनाएका हुन् ।
यसैलाई आधार मानी एशिया बुक अफ रेकर्डस्ले उनको नाममा कीर्तिमान कायम भएको प्रमाणित गरेको हो ।
बालक पौडेलसँग प्राय: सबै गीतको लयमा समेत मादल बजाउन सक्ने क्षमता रहेको छ ।
पौडेलको जन्म सन् २०२२ मार्च २५ मा भएको थियो । अक्षतका बुबा अनिल पाैडेल तथा आमा इन्दिराले छोराको कीर्तिमानबाट आफूहरू मात्र नै मुलुक नै गौरवान्वित भएको बताए ।
हाल काठमाडौंको कागेश्वरी मनहरामा बस्दै आएको पाैडेल परिवारका अक्षतका पिता अनिल पाैडेल हास्यव्यङ्ग्य कवि तथा कलाकारकाे रूपमा परिचित छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest







































