
तीन ठाेक्तक
बाँझै राख्नु पर्छ पाटो, गर्नुपर्छ सबै आयात, रेमिटेन्सको ओइरो लगाई देशको ढुकुटी भराउनु पर्छ ।

अमर सन्तति :
१.
राम्रो गर्नेलाई लखेटेपछि अब देश बन्छ
झारपातलाई समेटेपछि अब देश बन्छ
साथीहरु हो आओ भ्युटारबाट हेरौँ देश बनेको,
बेइमानले बेइमानलाई भेटेपछि अब देश बन्छ ।
२.
स्वार्थ अचम्म छ, कुकुर बिरालालाई मेल गराउँछ
शकुनि बेसरम छ कपटी पासालाई खेल गराउँछ
आफूभन्दा बढी जान्ने भयो भन्दै आत्तिएर डराई
शिक्षक अक्षम छ, उत्कृष्ट विध्यार्थीलाई फेल गराउँछ ।
३.
उद्याेग खोल्नु हुन्न अब, बन्द गराउनु पर्छ
युवा जति विदेशतिर मजदुरीमा दराउनु पर्छ
बाँझै राख्नु पर्छ पाटो, गर्नुपर्छ सबै आयात,
रेमिटेन्सको ओइरो लगाई देशको ढुकुटी भराउनु पर्छ ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest