साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ३५)

भर्दै उत्साह सङ्ला खुद अगि म बढूँ प्राप्ति मिल्छन् विचारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

खोजूँ भाका कलाका युगलय पथका सार उम्दा समाती।
आभा खुल्छन् सुनौला मनुज डगरका भाग्छ दुर्छे नजाती ।।
फ्याँकूँ दुर्भाव मैला मनुज उर सफा बन्छ सङ्लो विचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७१।।

उठ्नै पर्नेछ मैले युग प्रविधि टिपी प्राप्तिका खात लाग्छन्।
उम्दा पाक्छन् चुलामा श्रमफल बटुले कर्ममा चेत जाग्छन् ।।
माटो हो देव मेरो मनुजमन लिऊन् भावना शुद्ध पारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७२।।

चिन्ता बढ्ने नराम्रा अकृत पर रहून् सौख्यले साथ दिन्छ ।
के हो सत्कर्म सङ्लो हित भवभरको चेतले योग्य चिन्छ।।
पक्रूँ सत्कर्म आफू त्यसपछि सबको खुल्छ बाटो विचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७३।‌।

हिँड्दा सङ्लो सुबाटो झलमल घरमा हर्षको ज्योति खुल्छ ।
मान्छेको मर्म छामी हितपथ मनमा दिव्य सद्भाव डुल्छ ।।
आफ्नै हो दिव्य धर्ती श्रमपथ म हिँडूँ कृत्य उम्दा सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७४।।

त्यागूँ जे छन् नराम्रा समयगति टिपूँ भूमिले गर्छ रक्षा।
पुज्दैमा भूमि मेरो हितपथ बटुली गेहको भर्छ कोठा।।
भर्दै उत्साह सङ्ला खुद अगि म बढूँ प्राप्ति मिल्छन् विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७५।‌।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x