
पारिजातको ९१ औं जन्मजयन्ती : पारिजात सम्मान–२०८१ घोषणा
पारिजात सङ्घर्षशील नारी सम्मान–२०८१ डा. विन्दा पाण्डे, पारिजात सृजन सम्मान–२०८१ बिना थिङ, पारिजात बालसाहित्य सम्मान–२०८१, बालसाहित्यकार तेजप्रकाश श्रेष्ठ र पारिजात कला सम्मान–२०८१ चित्र तथा मूर्तिकार उत्तम डङ्गोललाई प्रदान गर्ने केन्द्रले घोषणा गरेको छ ।

काठमाडाैं, २०८१ फागुन २९ । पारिजात स्मृति भवन म्हैपी नयाँबजारमा पारिजातको ९१ औं जन्मजयन्तीकाे अवसरमा विशेष कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
कार्यक्रममा यस वर्ष प्रदान गरिने विभिन्न पुरस्कारका लागि छनाैट भएका व्यक्तित्वहरूकाे नाम घाेषणा गरियाे भने ‘डा. तुलसी भट्टराईसँग महेश मास्के पारिजात परिसंवाद’ गरिएको थियो ।
कार्यक्रममा पारिजात सङ्घर्षशील नारी सम्मान–२०८१ डा. विन्दा पाण्डे, पारिजात सृजन सम्मान–२०८१ बिना थिङ, पारिजात बालसाहित्य सम्मान–२०८१, बालसाहित्यकार तेजप्रकाश श्रेष्ठ र पारिजात कला सम्मान–२०८१ चित्र तथा मूर्तिकार उत्तम डङ्गोललाई प्रदान गर्ने केन्द्रले घोषणा गरेको छ ।
पारिजात सङ्घर्षशील महिला सम्मान छनोट समितिले सङ्घर्षशील महिलाहरूमध्ये साङ्गठनिक रूपले भूमिगत कम्युनिस्ट भएर गरेको अथक राजनीतिक सङ्घर्ष तथा पार्टीको आन्तरिक लोकतन्त्रको पक्षमा रहँदै आएकी डा. बिन्दा पाण्डेको नाम ‘पारिजात सङ्घर्षशील महिला सम्मान – २०८१’ का लागि सिफारिस गरेको थियो । नेतृत्वको भ्रष्टताका विरुद्ध प्रतिरोधी अभियानमा डा. पाण्डे सक्रिय छिन् ।
त्यसैगरी पारिजात सृजन सम्मान छनोट समितिले नेपाली साहित्यका कविता र कथा विधामा वर्गीय, लैङ्गिक र पहिचान पक्षधर लेखनमा गरेको योगदानको कदर गर्दै ‘पारिजात सृजन सम्मान – २०८१’ का लागि बिना थिङको नाम सिफारिस गरेको छ । उनले नेपाली र तामाङ दुवै भाषामा कलम चलाउँदै आएकी छन् ।
पारिजात बालसाहित्य सम्मान छनोट समितिले बालसाहित्यका क्षेत्रमा गरेको बहुआयामिक योगदानको कदर गर्दै ‘पारिजात बालसाहित्य सम्मान – २०८१’ का लागि तेजप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको थियो । पारिजात कला सम्मान छनोट समितिले ‘पारिजात कला सम्मान – २०८१’ चित्र तथा मूर्तिकार उत्तम डङ्गोललाई प्रदान गर्न सिफारिस गरेको थियो ।
चारवटै छनोट समितिले निर्णय गरेर सम्मानित व्यक्तिहरुको नाम पारिजात स्मृति केन्द्रलाई सिफारिस गरेको थियो । केन्द्रको यही फागुन २३ गते बसेको कार्यसमितिको बैठकले प्रस्तावित नामहरु अनुमोदन गरेर आज साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीको अवसरमा घोषणा गरेको आयोजकले बताएको छ ।
वि.सं. २०८२ साल वैशाख ५ गते पारिजातको स्मृति दिवसमा उक्त सम्मानहरू समर्पण गरिने केन्द्रका अध्यक्ष इन्दिरा दलीले बताएकी छन् । यसै सन्दर्भमा ‘डा. तुलसी भट्टराईसँग महेश मास्के पारिजात परिसंवाद’ गरिएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest