साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता हाँक्ने कलेवर

के बन्ला राष्ट्र नेपाल पत्रु चुनावमा उठे । लाखौँ धन खर्चेर खाए करोडमा लुटे ॥ वडा सदस्यका जत्था उपमेयर मेयर । खाने चुस्ने हसुर्ने छन् सत्ता हाँक्ने कलेवर ॥

Nepal Telecom ad

चूडा निर्भीक :

सत्तामा पुग्न जानेछ भोट माग्ने निरन्तर ।
सिन्को भाँचिन्न माटामा बन्छ आफैँ धनी तर ॥

नेता सांसदका हूल छन् सिंहदरबारमा ।
काम के हो यहाँ गर्ने हामी छौँ मझधारमा ॥

प्रदेशमा बसी लुट्छन् दलका खल बेसरी ।
भन्ने हावा चलेको छ जान्ने को हो कठैवरी ॥

हत्या हिंसा भएकै छ नारी माथि अझै पनि ।
सयौँ सर्कार के काम जनता गर्छ सोधनी ॥

तन्नेरी बलिया बेच्ने कार्य रोकिन्न धाउँछन् ।
होनहार युवा बेच्दा मन्त्री पैसा कमाउँछन् ॥

देखैकै हो हिजो मात्र भुटानी यसकै भयौँ ।
यो नागरिकता फाली शरणार्थी बनी गयौँ ॥

छन् विदेशिने भन्दै बस्ने लाईन लस्कर ।
यताचाहिँ रमाएका गुण्डा गर्ने र तस्कर ॥

झण्डा दलको बोक्छ झोले विद्वत बन्दछ ।
नेताका पछि लागेर हिँड्नेको घर चल्दछ ॥

ठेकेदार भए मन्त्री सुन ओसार्छ सांसद ।
कुस्ती प्रदेशमै खेल्छन् भोट खाने सभासद ॥

के बन्ला राष्ट्र नेपाल पत्रु चुनावमा उठे ।
लाखौँ धन खर्चेर खाए करोडमा लुटे ॥

वडा सदस्यका जत्था उपमेयर मेयर ।
खाने चुस्ने हसुर्ने छन् सत्ता हाँक्ने कलेवर ॥

शुकेनास भई गल्ने जनता भनिने भुरा ।
यतै रुन्छन् उतै रुन्छन् माग हुन्नन् कतै पुरा ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपाल भो चौपट

नेपाल भो चौपट

चूडा निर्भीक
भकुण्डो बनाए

भकुण्डो बनाए

चूडा निर्भीक
आएछ यहाँ चाड तिहार

आएछ यहाँ चाड तिहार

चूडा निर्भीक
धिक्कार छौ नायक

धिक्कार छौ नायक

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x