हरिप्रसाद पाैड्यालविश्वासघात
“हर्क सरको फोन आउन सक्छ । घरमा हुनुहुन्न भन्नू है । जग्गा पास गर्न जाऔँ भनेर दिक्क लाइसके ।” मोहनले पत्नी कल्याणीलाई खुसुक्क भने । “हस् बुढा ! हस् । मेरो बुढालाई मान्नैपर्छ । एउटै घडेरी तीन जनालाई बैना गर्न मुटु चाहिन्छ ।”

हरिप्रसाद पौड्याल :
“यसपालि हामीले सुविधायुक्त ठाउँमा प्लटिङ गरेका छौँ । एउटा घडेरी चाहिँ तपाईंले लिनुपर्छ है सर !” मोहनले हर्क सरलाई अनुरोध गरे । “ठुलो आम्दानी भए पो, स्कुलको मास्टर, व्यवहार चलाउन त मुस्किल छ । कसरी घडेरी किन्नु र ?” हर्क सरले प्रतिक्रिया जनाए । “कति डेरामा बस्नुहुन्छ ? मौका आउँछ पर्खँदैन; विचार गर्नुहोला । मैले त सरकै भलाइका लागि भनेको हुँ ।” मोहनले हिँड्ने बेलामा फेरि जोड गरे ।
“मोहनले भनेको कुरो मलाई चाहिँ ठिकै लाग्यो । जसरी भए पनि एउटा घडेरी किन्नुपर्छ ।” पत्नी सुशीलाको भनाइले हर्क उत्साहित भए । पतिपत्नीको सल्लाह भयो । ऋण गरेर भए पनि उनीहरूले घडेरी किन्ने टुङ्गो गरे ।
चिरपरिचित मोहनलाई विश्वास गरेर हर्क र सुशीलाले १० लाख रुपयाँ दिए । चाँडै जिल्ला गएर जग्गा पास गर्ने सहमति भयो । तर, दुई वर्ष बित्ता पनि अझै जग्गा पास भएको छैन ।
“यी प्लटिङवालाको धर्म हुँदो रहेनछ । साथी भनेर विश्वास गरियो । जग्गा पास होला जस्तो छैन ।” हर्कले चिन्ता व्यक्त गरे । “भरपर्दो साथी हो । छक्का पञ्जा जान्दैन भन्नुहुन्थ्यो त ।” सुशीलाले पतिलाई व्यङ्ग्य गरिन् ।
“अब आफैँतिर साहुको ऋण । मलाई के भन्छ्यौ ? तिमीले गर्दा त हो नि ।” हर्कले सुशीलालाई कटाक्ष गर्दै भने ।
“हर्क सरको फोन आउन सक्छ । घरमा हुनुहुन्न भन्नू है । जग्गा पास गर्न जाऔँ भनेर दिक्क लाइसके ।” मोहनले पत्नी कल्याणीलाई खुसुक्क भने ।
“हस् बुढा ! हस् । मेरो बुढालाई मान्नैपर्छ । एउटै घडेरी तीन जनालाई बैना गर्न मुटु चाहिन्छ ।” कल्याणीले खुसी प्रकट गरिन् ।
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest







































