साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना

जिउँदा शहीद र घाइतेहरू रित्तो काख भएका आमाहरू आँट र भरोसा हराएका बाहरू सिन्दुर पुछिएका चेलीहरू दौँतरी गुमाएका सहपाठीहरू भविष्य गुमाएका बेसहाराहरू ।

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

सत्ता परिवर्तनको सपना बाँडेर
पड्काइए बन्दुकहरू
बगाइयो रगतको खोलो
जन्माइए शहीदहरू

तर मात्र मारिए इमानदारहरू
बाँचे बचाइए गद्धारहरू
भ्रमको बिउ छरेर खेती गर्नेहरू
जालीझेली र बेइमानहरू

अहिले
आँसु पिएर बाँच्न बाध्य छन्
जिउँदा शहीदहरू
पश्चातापको आगोमा जल्दै छन्
सिपाही र लडाकुहरू

आफ्नै आँखा अगाडि
खसी बोका काटेझैँ
प्रिय व्यक्ति ढलेको दृश्य
काख रित्तो हुने आमाको वेदना
सिन्दुर र सहारा गुमाउनेहरूको क्रन्दन
उफ् ! बुझ्दैनन् पत्थरको मन हुनेहरूले
रक्तपिपासु हिंस्रक बाघ र ब्वाँसाहरूले
दुधको साक्षी बिरालाहरूले
झोले, चम्चे र गोठालाहरूले

सिंहदरबारको झ्याली पिटेर
स्यालदरबारको हुइयाँ मच्चाउनेहरू
तलदेखि माथिसम्म मिलाई मिलाई
खल्ती, एटेजी र पानीट्याङ्की भर्नेहरू
तिम्रो चरित्र देखेर शिर निहुराउँदै छन्
जिउँदा शहीद र घाइतेहरू
रित्तो काख भएका आमाहरू
आँट र भरोसा हराएका बाहरू
सिन्दुर पुछिएका चेलीहरू
दौँतरी गुमाएका सहपाठीहरू
भविष्य गुमाएका बेसहाराहरू ।

सत्ता परिवर्तनको सपना बाँडेर
पड्काइए बन्दुकहरू
बगाइयो रगतको खोलो
जन्माइए शहीदहरू ।

०००

मेचीनगर १०, धुलाबारी , झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x