साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूला नेताको देव दर्शन

छन् घोर राष्ट्रवादी मेरा यहाँ विचार जाँदा छिमेकमा पो भैदिन्छु लम्पसार । यस्तै छ नीति हाम्रो ठूलाअगाडि झुक्ने जो छन् स्वदेशभित्रै निर्धा, थिचेर राख्ने ॥

Nepal Telecom ad

हेमराज पौडेल :

छोडेर बाहिरै त्यो गाडी, म भित्र आएँ
तिम्रै समक्ष भित्री वृत्तान्त राख्न पाएँ ।
बिन्ती म गर्छु यस्तो राखेर शुद्ध भाव
इच्छा पुर्‍याइदेऊ, देवाधिदेव नाथ ॥१

सङ्केत बुझ्न सक्ने यो लस्करै लिएर
आएँ म माग्न सत्ता धेरै टिकोस् भनेर ।
मौका परे महात्मा भैदिन्छु, अस्त्रशस्त्र
त्यागेँ उतै, यहाँ त्यो चाहिन्न गेरुवस्त्र ॥२

नेता हुँ, कार्यकर्ता छैनन् त्यसै कुदेका
के ढाँट्नु, देवता हौ सारा कुरा बुझेका ।
हे देव ! के छ बुझ्छौ भित्री कुरा लुकेको
पैसा कमाउने नै उद्देश्य हो सबैको ॥३

छन् घोर राष्ट्रवादी मेरा यहाँ विचार
जाँदा छिमेकमा पो भैदिन्छु लम्पसार ।
यस्तै छ नीति हाम्रो ठूलाअगाडि झुक्ने
जो छन् स्वदेशभित्रै निर्धा, थिचेर राख्ने ॥४

दाता छिमेकमै छन् “हाम्रो जलै पवित्र”
भन्थे, लिएर आएँ यो हुन्न रे अशुद्ध ।
अर्पिन्छु नाथलाई स्नानार्थ यो विशुद्ध
इच्छा यही छ राम्रो हाम्रो बनोस् भविष्य ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम छोट्याउने रहर

नाम छोट्याउने रहर

हेमराज पाैडेल
राष्ट्रियता र टोपी

राष्ट्रियता र टोपी

हेमराज पाैडेल
बैठके काजी

बैठके काजी

हेमराज पाैडेल
छड्के गफ

छड्के गफ

हेमराज पाैडेल
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x