साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छड्के गफ

मैले त अस्ति नै कोटेश्वरको वरदान लिइसकेँ । अब तपाईंको भागमा दिन के बाँकी रहेको होला र ! तैपनि आफ्नो खुशी गर्नोस् । म चाहिँ बालकोटमा नयाँ उत्पत्ति भएका बालकोटेश्वर महादेवको दर्शन गर्न जान्छु ।

Nepal Telecom ad

हेमराज पौडेल :

हाम्रो राजधानी शहरमा दुइतिर मुख फर्काएर हिँड्ने ठूला भनिएका दुइजना नेता शहर घुम्ने शोख पूरा गर्न शिवरात्रिका दिन बिहानै बाहिर निस्केछन् । तीनकुने पुगेपछि दुवैलाई एकछिन मोर्निङ वाक गर्ने मूड चलेछ र आआफ्ना गाडी कतै सुरक्षित राख्ने निर्देशन दिएर गाडीबाट उत्री पैदल हिँड्न लाग्दा मोडमा अचानक दुवैको जम्काभेट भएछ । झ्याप्पै सामु परेपछि तर्किन नमिलेकोले औपचारिकतावश नमस्ते र सलामको आदान-प्रदानपछि उनीहरूबीच भएका अन्तरङ्ग गफ यस्ता थिए रे :

पहिला नेता- होइन तपाईं त मसँगै हिँड्ने कसम खाएका मान्छे, अहिले मलाई धोका दिएर अर्को बाटो समात्नतिर लाग्नुभएछ नि ! के हो चाला ?

दोस्रा नेता- धोका त मैले होइन तपाईंले नै दिएको हो नि ! पहिले मैले भनेकै मान्छु भनेर मेरो पछि लाग्नुभो । तर पछि आएर मैले भनेको नमानी बटारिन थाल्दा पो मैले अर्को बाटो रोज्नुपरेको हो त ! अनि अहिले यता कता जाने हो ?
पहिला नेता- म त यता कोटेश्वर महादेवको दर्शन गर्न हिँडेको । अनि तपाईं कता नि ?

मैले त अस्ति नै कोटेश्वरको वरदान लिइसकेँ । अब तपाईंको भागमा दिन के बाँकी रहेको होला र ! तैपनि आफ्नो खुशी गर्नोस् । म चाहिँ बालकोटमा नयाँ उत्पत्ति भएका बालकोटेश्वर महादेवको दर्शन गर्न जान्छु ।
यति भनेर हात हल्लाउँदै ती दोस्रा नेता हिँडेपछि पहिला नेता पनि दोमन गर्दै कोटेश्वरतिर लागेछन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम छोट्याउने रहर

नाम छोट्याउने रहर

हेमराज पाैडेल
राष्ट्रियता र टोपी

राष्ट्रियता र टोपी

हेमराज पाैडेल
बैठके काजी

बैठके काजी

हेमराज पाैडेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x