साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ पाऊँ म मानिस

खोजूँ खोजूँ, कहाँ खोजूँ, कहाँ पाऊँ म मानिस बाहिरी रूप खोजेर के पाइन्थ्यो नि मानिस । क्वै-झल्को दिन्छ क्वै छद्म पूर्ण रूप कहाँ छ र त्यसैमा अल्झियौँ हामी कहाँ जाऊँ म आखिर ।

Nepal Telecom ad

ठाकुर शर्मा भण्डारी :

पर्याप्त धनले के भो मन सङ्कीर्ण शासित
बन्दिन्छ, भोग के गर्छ दिन जान्दैन मानिस ।१।

धन-ऐश्वर्यको भन्दा मन-ऐश्वर्यको गुणी
हुन्छ, समाजमा व्यक्ति सुन्दर त्यही हो मुनि । २।

वादमा अल्झिने मान्छे वादमै त्यो हराउँछ
अन्तर्हृदयको वाद सबैलाई सजाउँछ । ३।

भित्री वाद भए मात्र चम्कियो त्यो समाजमा
आफ्नो सम्पूर्ण हो एक भाव-सौन्दर्य सारमा ।४।

कला सौन्दर्यले मात्र समाजको स्वरूप छ
अन्यथा सब भत्किन्छ भित्र-बाहिर टुट्दछ ।५।

जो देश अङ्ग सम्झिन्छन् तिनै हुन् मातृ-सेवक
दिने दिलाउने व्यक्ति कदापि हुन्न वञ्चक । ६।

खँदिलो हुनु नै पर्छ सभ्यताको विचारमा
मान्छेमा गणना गर्न त्यही पाइन्छ सारमा ।७।

आफू माथि हुने मात्र सोचले देश बिग्रियो
निःस्वार्थ भावनाले नै मान्छेको द्वार उघ्रियो ।८।

खोजूँ खोजूँ, कहाँ खोजूँ, कहाँ पाऊँ म मानिस
बाहिरी रूप खोजेर के पाइन्थ्यो नि मानिस ।९।

क्वै-झल्को दिन्छ क्वै छद्म पूर्ण रूप कहाँ छ र
त्यसैमा अल्झियौँ हामी कहाँ जाऊँ म आखिर ।१०।

०००
२०७० असोज

सम्मिलन ( २०७५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x