साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा-बाबा

'मर्यादा ममता सुहाउँछ यहाँ' आमा सधैं भन्दछिन् पैलो पाठ सिकाउँदै गुरु भई सद्भावना छर्दछिन् दाता-चेत सिकाउने जनक हुन् अस्तित्वका पौरखी आमाबाबु दुवै नबिर्स जगमा बन्छन् सदा सारथी ।

Nepal Telecom ad

ठाकुर शर्मा भण्डारी :

आमाले ममता पिता पुरुषको अस्तित्व सम्झाउँछन्
पैलो पाठ सिकाउँदै प्रकृतिको सौन्दर्य दर्शाउँछन्
संसारी कठिनाइ के मधुरता संस्कार के कर्म हो
सारा सभ्य समाज निर्मित हुने सन्मार्ग डोऱ्याउँछन् ।१।

आमाबाबु सुधार हुन् सृजनका संसारका हुन् गति
धारा स्वच्छ समाज सृष्टि रचना सत्पात्र होस् सन्तति
लाखौं छन् उपकार प्यार यिनको नबिर्स है सज्जन !
आमाबाबु समाजका प्रगति हुन् जल्ले दियो जीवन ।२।

‘मर्यादा ममता सुहाउँछ यहाँ’ आमा सधैं भन्दछिन्
पैलो पाठ सिकाउँदै गुरु भई सद्भावना छर्दछिन्
दाता-चेत सिकाउने जनक हुन् अस्तित्वका पौरखी
आमाबाबु दुवै नबिर्स जगमा बन्छन् सदा सारथी ।३।

आमाको मृदुता बुझौं हृदयको आत्मीयता धड्कन
जो सन्तान निमित्तमा हरघडी लाग्छिन् नहोस् अड्चन
जाऊन् दूर विदेश-देश पुरमा सत्कर्मको मार्गमा
साथै हुन्छ विचार होस् प्रगतिमा सन्तानको चाहमा ।४।

०००
हालै लाेकार्पित कृति अवनी (२०८२) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x