सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘को वरिष्ठ’ भित्रको समसामयिक चिन्तन

जीवनका आरोहावरोहमा स्वयं निबन्धकारले देखे-भोगेका सन्दर्भहरूलाई कतै स्वयं पात्र बनेर, कतै विविध पात्रहरूलाई समाविष्ट गरी निबन्धलाई राचक र घोचक बनाइएको छ ।

Nepal Telecom ad

ठाकुर शर्मा भण्डारी :

१. स्रष्टापरिचय
पिता तोयनाथ रिजाल एवं माता णकुमारी रिजालका सुपुत्र रामचन्द्र रिजालको जन्म २००९ चैत्र ११ गते मकवानपुरगढीमा भएको हो । साहित्यिक क्षेत्रमा सुपरिचित आर.सी. रिजाललाई नेपाली भाषासाहित्यका एक सशक्त हास्यव्यङ्ग्यकार, सामाजिक चेतनाका सशक्त कुशल संस्थासञ्चालक व्यक्तित्वका रूपमा चिनिन्छ । हास्यव्यङ्ग्यका चारवटा निबन्धसङ्ग्रह र एउटा अनुवादको पुस्तक प्रकाशनमा आइसकेका छन् । विभिन्न सङ्घ/संस्थाहरूले सम्मान गर्नुका साथै दायित्व वाङ्मय प्रतिष्ठान, नेपालबाट सम्मान प्राप्त गरेका स्रष्टा व्यक्तित्व आ.सी.रिजालको कृति साहित्य सङ्गम मकवानपुरद्वारा प्रकाशित हास्यव्यङ्ग्यात्मक, यथार्थतामा आधारित, सामाजिक विषयवस्तुलाई केन्द्रविन्दुमा राखेर लेखिएको हास्यव्यङ्ग्यसङ्ग्रह ‘को वरिष्ठ ?’को विषयमा चर्चा गर्ने प्रयास यस लेखनको उद्देश्य रहेको छ । निबन्धकारको सन्दर्भमा चर्चित साहित्यकार प्रा. निमेष निखिलको धारणा यस्तो रहेको छ ः आम मान्छेले कमै ध्यान पुर्‍याउने सामान्य विषयलाई विशेष किसिमले प्रस्तुत गर्ने रिजालको व्यङ्ग्यचेत समाज र मानवीय जीवन व्यवहारको विविध क्षेत्रमा तन्किएको छ । हास्य र व्यङ्ग्यको सन्तुलित र प्राकृतिक प्रस्तुतिले उनका निबन्ध अब्बल बनेका छन् ।

२. ‘को वरिष्ठ ?’ हास्यव्यङ्ग्य निबन्धहरूको विषयगत सन्दर्भ
आर.सी रिजालद्वारा रचित ‘को वरिष्ठ ?’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा छत्तिसवटा विविध शीर्षकका निबन्धहरू रहेका छन् । कृतिको प्रारम्भमा आमाप्रति समर्पण गरिएको कृतिलाई । प्रत्येक निबन्धको विषयवस्तु यही समाजको अन्याय, अत्याचारको विष्फोटन हो, मानवीय विकृति-विसङ्गति हो । अनेक किसिमका परिवर्तनले पनि मानसिक विकृतिको अवस्थालाई हटाउनुभन्दा पनि विकराल बनाउँदै गएको स्थिति हो । राजनीतिक अक्षमताले यहाँका युवाहरू बाहिर गएर काम गर्नुपरेको छ, उनीप्रति कसैले ध्यान नदिँदा देशको अवस्था खस्कँदो छ भन्ने धारणा प्रत्येक निबन्धमा व्यक्त भएको छ । यस सङ्ग्रहभित्रका हरेक निबन्धमा व्यङ्ग्यको प्रचुरता छ, हास्यरसले पूणर् छन् निबन्धहरू । सङ्क्षेपमा निबन्धगत विषवस्तुलाई समीक्षात्मक दृष्टिकोणबाट हेर्नु उपयुक्त हुन्छ ।

‘भैरवसँग भलाकुसारी’ शीर्षकमा सपनामा हास्यव्यङ्ग्यका चर्चित स्रष्टा भैरवसँग भेटेको सन्दर्भ ल्याएर हास्यव्यङ्ग्य कस्तो हुनुपर्छ भन्ने कुरालाई विभिन्न सन्दर्भहरूमा चर्चा गरिएको छ । ‘को वरिष्ठ ?’ शीर्षकको निबन्धमा वर्तमान समयमा वरिष्ठ शब्दको अर्थ अवनतितिर गएको महसुस हुन थालेको छ, जसलाई पनि वरिष्ठ भनिन्छ, जो भनिएको व्यक्तिलाई नै पच्दैन, कतिपयलाई त अपमान गरेको पनि महसुस हुन्छ । ‘नमस्कार’ शीर्षकले परम्परित रूपमा चल्दै आएको नमस्कार कोरोनापछि सबैलाई ठिक महसुस भएको छ ।

पूर्वीय संस्कार दुई हात जोडेर नमस्कार गर्ने हो, यो सबै पश्चिमेलीले बिगारे तर अहिले स्वतः त्यता फर्किएको छ मानिस भनिएको छ । ‘जिउँदो जुत्ता सहिद’ मा अहिले समाजमा यस्तो विकृति आएको छ, जो पनि जसरी पनि सहिद बन्नुपर्ने, त्यसको व्यङ्ग्यात्मक स्वरूप यस निबन्धले देखाउँछ । यसमा सुरजबहादुरले जुत्ता पूजा गरेको र जिउँदो जुत्ता सहिद हो भनेर पूजा गरेको र सबैलाई आश्चर्य मानेर हल्लीखल्ली भएको सन्दर्भमा मानिसको सोचविचार, कानूनी व्यवस्थापन लहै लहैमा लाग्ने कुराबाट नेतृत्ववर्गको कमजोरीलाई देखाइएको छ । ‘कोरोना सहिद’मा धर्मराज, चित्रगुप्त र नारदको संवाद ल्याएर विश्वमा फैलिएको कोरोनाले पारेको प्रभावलाई र सामाजिक विकृतिलाई देखाइएको छ । ‘फर्केर नआऊ घर’मा सामाजिक व्यक्तिहरूले एकातिर विदेश नपठाऊ, यहीँ काम खोज भन्ने आफैले विदेश पठाउने काम गर्ने, यस्तो विरोधाभासको काम गर्ने गरेको स्थिति समाजमा व्याप्त छ, यो विकृति हटाउनुपर्छ भनिएको छ ।

‘हुन्थ्यो’ निबन्धले मानिसले जहिले पनि यो भए हुन्थ्यो, त्यो भए हुन्थ्यो भन्ने भावनामा रोमलिएको छ । ब्रह्माको सृष्टिसम्बन्धी कुरा उठाएर मानिस कहिल्यै सन्तुष्ट हुँदैन भनिएको छ । ‘आमाको विलौना’ शीर्षकमा आमाको खुट्टाबाट रगत चुहिएर कमजोरी हुँदा पनि रगत दिनुपर्ने बेलामा टुक्काबहादुर, नरसिंह, उग्रबहादुर, डा. वरिष्ठ र कान्छो छोरा रामचरित्तर पनि केही न केही बहाना बनाएर तर्किएको केही नगरेको कुराले आमाको आँखाबाट आँसु झर्छ भन्ने कथात्मकतामा कोही आप्mनो हुँदैन भन्ने पारिवारिक विकृतिलाई देखाइएको छ । यस सन्दर्भमा निबन्धकारको सुन्दर अभिव्यक्ति रहेको छ ः छोराहरू रक्तदान गर्न तँछाडमछाड गर्लान् भन्ने ठानेकी बिचरी बुढीआमाले आप्mनो चाहना विपरीत उनीहरूको बहाना देख्दा भावविह्वल हुन्छिन् । केही बेर टोलाएपछि पेटमा हातले थपथपाइन्, चोलीको चेपबाट हात छिराइन्, झुम्रे स्तनमा दृष्टि पुर्‍याइन्, निहुँरिएर काखको धोती सुँघ्दै आँसु बररर झारिन् । (पृष्ठ ३०)

‘कामना’ शीर्षकमा मानिसले अनेक सन्दर्भमा शुभकामना व्यक्त गर्छ तर केवल औपचारिकता प्रकट गर्छ, यसबाट केही हुनेवाला छैन । मानिस व्यावहारिक बन्नुपर्छ भन्ने सन्देश रहेको छ निबन्धमा । ‘राष्ट्रिय चिन्ता’ शीर्षकमा श्रीमतीले घरको भित्री काममा अधिकार जमाउने हुँदा केही दिन बाहिर जान पर्‍यो भने पनि बारम्बार के गरिस् ?, कसो गरिस् ? भनेर केवल चिन्ता लिन्छन्, राष्ट्रको चिन्ताभन्दा बढी छ भनिएको छ । ‘मोदीवार्ता’ शीर्षकमा छिमेकीको व्यवहारलाई लिएर विविध सन्दर्भहरू व्यक्त गरिएको छ सपनामा मोदीसँग वार्ता गरेर । नेपाली हिन्दीको प्रयोग गरिएको यसमा विभिन्न दृष्टान्त दिएर नेपालका नेताको कमजोरी देखाइएको छ । राष्ट्रप्रतिको चिन्ता र विस्तारवादी चिन्ता छ । अन्तमा मोदीले भनेको सन्दर्भ छ ः तुम से मिलकर मुझे एक वात मालुम हुआ । नेपाल में अभि भी कुछ जिन्दा लोग हैं । तुम तो ज्ञानी बुद्धिजीवी निकला । मैंने बालक कहा इसके लिए मैं क्षमा प्रार्थी हुँ । आप जैसे सही आदमी से वात करके हमने समय बर्बाद तो किया है । लेकिन एक बढा उपलब्धि हुवा – हड्पे हुए नेपालका जमिन अवश्य फिर्ता हो जाएगा भन्दै बैठक कोठाबाट भित्र लागे । यता म पनि निद्राबाट जागेँ । (पृष्ठ ४०)

‘वैतरणी’ शीर्षकमा सावित्री र पुरेतको दानको विषयमा छलफल हुन्छ, पैसा राखे खुस हुने आजका पण्डितको भावना र परम्परित रूपमा चल्दै आएको कुरा बदल्नुपर्ने सन्दर्भ रहेको छ । ‘अग्र्यानिक सुन्दरी’मा सुन्दरी प्रतियोगिताको कुरा उठाएर सहरियाभन्दा गाउँका सुन्दरी राम्रा हुन्छन् भनिएको छ । ‘झुठको खेती’मा अब झुठको प्रकार छुट्याउनुपर्ने वेला आएको छ । हरिश्चन्द्र, युधिष्ठिरजस्ताको दृष्टान्त दिएर समाजमा अनेक किसिमका झुठहरू बोलिन्छन् । घरमा होस् वा धार्मिस्थलमा होस्, नेताले होस् वा जनसाधारणले जताततै भुठको खेती भएको छ भन्ने आशय छ निबन्धमा । धेरै बोल्ने फतौराले सबैलाई दिक्क बनाएको सन्दर्भमा भारतीय लेखक हरिशङ्करको लेखबाट पुष्टि गरिएको छ ‘कुराको दुःख’ शीर्षकमा । ‘बुहारीको खोजी’मा अनेक हन्डर खाएर पनि आपूmलाई चित्त बुभ्mने बुहारी पाउन मुस्किल परेको यथार्थ प्रस्तुति रहेको छ । ‘गर्भबाटै अन्माई’मा छोरी भनेपछि नाक खुम्च्याउने समाजप्रतिको व्यङ्ग्य यसमा रहेको छ भने ‘द्रौपदी दिदी’मा सन्तानप्रति हुरुक्क हुने द्रौपदी बुढेस कालमा मात्र थाहा पाइन् सन्तान कति निस्ठुर हुन्छ भन्ने कुरा । यहाँ मरेर गएपछि पनि श्राद्ध गर्न नतम्सिने सन्तानप्रति ठूलो व्यङ्ग्य छ । ‘चित्तमा लागेको’ शीर्षकमा माया लागेपछि जस्तोसुकै अवस्थामा पनि छोड्न नसकिने कुरालाई मलेसियाबाट आएर सावित्रीसँग बिहे गरेको र गाउँले सबै लागेर मुद्दा गरे पनि उसैको जित भएको सन्दर्भ आएको छ । यसमा भ्रमर सिंहको करतुत पनि व्यङ्ग्यात्मक तरिकाबाट खुलेको छ ।

गरिबहरूलाई माया नगर्ने घरमा पालेको कुकुरलाई केही भएको नसहने मानिहरूप्रति ठूलो व्यङ्ग्य छ ‘टमिबाबु’मा । जीवनी लेख्ने क्रममा यथार्थ हुनुपर्ने कुरालाई समेटिएको राम्रा कुरा लेख्नेप्रतिको व्यङ्ग्य हो ‘जीवनी’ निबन्ध । मानिसमा इमानदारिता छैन, त्यसैले कार्टूनिस्टले मानिसको जिउमा कुकुरको टाउको राखेको ‘कुकुर धर्म’ निबन्ध अत्यन्त चोटिलो छ । यसमा मानिसभन्दा कुकुर इमानदार भएको देखाइएको छ । ‘फेसबुक कमेन्ट’मा अनावश्यक कुरामा मानिस भुलेको कुरा यसमा दिइएको छ भने ‘प्रयोगात्मक कक्षा’मा रिताले हजुर आमालाई अति माया गर्थी । रोगी हजुर आमालाई सन्चो होस् भनेर प्रार्थना गर्नुभन्दा दबाई गर्नु उचित हुन्छ भनेर बाबुको भनाइलाई सङ्केत गरिएको छ । ‘पश्चात्ताप’मा पुण्यप्रसाद मर्दा किरणले बुहारीलाई सान्त्वना दिएको सन्दर्भ, बाबुले आँसु झारेको सन्दर्भ र पत्रिकामा अकूत सम्पत्ति कमाएको पुण्यको फोटो र जेल चलान गर्ने समाचार देख्दा पश्चात्ताप भएको सन्दर्भ खुलाइएको छ । चुनाव जितेको छोरालाई त्यसका कर्म देख्दा बधाई दिन पनि मन नलागेको सन्दर्भ ‘नाफा’ निबन्धमा आएको छ ।

एउटा कर्मचारीको पसलेसँग आत्मीयता बढेको देख्दा परिवारले यो मदिराको बानी ठिक छैन भनेर जति भने पनि नसुन्दा बिरामी परेको सन्दर्भ ‘मन्द विष’मा आएको छ भने ‘अपशकुन’मा बिरालोले बाटो काट्दा मानिने अपशकुनको बारेमा व्यङ्ग्य गरिएको छ । नेता र पत्रकारको प्रश्नोत्तरमा कुनै तुक नभएको र जल्दाबल्दा समस्याबाट पन्छिएर नेताले दिने गरेको अन्तर्वार्ताका कुरा ‘आप्mनो ठाउँमा छ’ शीर्षकमा उठान गरिएको छ । देव र शिव शर्माले छोराले दिएको पिण्डको चर्चा गर्दै जिउँदो छँदै मरेपछिको पिण्डले के काम गर्छ भन्ने धारणा ‘पिण्डार्पण’मा गरिएको छ । त्यस्तै ‘स्वस्थानी माता’ निबन्धमा धार्मिक परम्परामा देखिने विभिन्न किसिमका देवीदेवताको सन्दर्भ ल्याएर अनेक किसिमका कुराहरू उठाइएको छ र ‘धार्मिक गाली’मा पनि पण्डित र पण्डित्नीको संवाद र कालेको सेवाले बरु धर्म कमाउने कुरा गरिएको छ ।

‘माइतीलाई पत्र’ शीर्षकमा भने एउटी चेली फुलनदेवीले घरमा भएको रडाको सन्दर्भमा आमाबाबुलाई पत्र लेखेको सन्दर्भ छ । दाइजोका कुरा, अमाजुको कुरा, सधैँ माइतीको सम्पत्तिमा आँखा लगाउने कुरा र करकर गरेर दुःख दिएको कुरा व्यक्त छ भने ‘श्राद्ध कर्म’मा सियारामको बाबुले चिन्ता गर्छन् – मेरो श्राद्ध कर्म कसरी गर्छौ ? भन्ने बुढा बितेको र बुढीले आप्mना गहना बेचेर कर्म गरेको नौ महिनामा सियारामकी आमा पनि बितिन् । त्यो ऋणको बोझले दुःख लाग्दो परम्परा भएको कुराले गर्दा गाउँ नै छाड्न बाध्य भएको सन्दर्भ उठाइएको छ । ‘पुर्पुरो’मा कर्मचारीले बाढी पहिरा आउँदा कति भ्रष्टाचार गर्छन् भन्ने कुरालाई म पात्र र देशबन्धुको संवादबाट स्पष्ट देखिन्छ भने ‘संस्कार’मा सात कक्षामा पढ्ने रिताले गर्ने गरको तर्कमा सबै सहमत भई जन्मदिनमा आप्mनै संस्कार अपनाउन थालेको सन्दर्भ आएको छ र भनिएको छ ः पोहोरसम्म ह्याप्पी बर्थ डे भन्दै केक काट्ने, मैनबत्ती पुक्न रुचाउने छोरी यसपालादेखि – हाम्रो राम्रो परम्परा र संस्कार लोप हुन दिनुहुन्न, जुन वैज्ञानिक दृष्टिकोणको हिसाबले पनि सही छन् जन्मदिनमा दियो, कलशको पूजा गर्नुपर्छ भनेकी छे, जसलाई हामीले नकार्न सक्दैनौँ । (पृष्ठ १०९)

३. निबन्धभित्रका केही नमूनातर्फ दृष्टि एवं मूल सन्दर्भ
यसरी ‘को वरिष्ठ ?’ भित्रका निबन्धहरूले सामाजिक विकृति-विसङ्गतिलाई हास्यव्यङ्ग्यको शैली, सरल भाषामा गम्भीर विविध विषयमा कुरा उठाएर निबन्धकारले नेपाली साहित्यको यस विधालाई माथि उठाउने काम गरेका छन् – समाजको यथार्थस्थितिको आधारमा । समाजमा चाहे राजनीतिक क्षेत्र होस्, चाहे धार्मिक तथा सांस्कृतिक क्षेत्र होस्, चाहे शैक्षिक क्षेत्र होस् वा घरायसी कुराहरू सबैतिरको विसङ्गतिपूणर् अवस्थालाई पर्गेल्ने काम निबन्धमा भएको छ । वर्तमान समयमा कुनै पनि क्षेत्रका मानिसमा संवेदनशीलता छैन, आफ्नाे  कर्तव्य के हो ? अपनाउनुपर्ने मार्ग कुन हो ?, आफैले पहिल्याउन नसकेको अवस्थामा यस्ता निबन्धहरूले समाजका विकृति-सिङ्गतिप्रति प्रहार गर्नु स्वाभाविक हो । यसभित्र जुनसुकै निबन्धले पनि नेपाली साहित्यका पाठकलाई प्रशस्त खुराक दिएको अनुभूति हुन्छ । नेपालको राजनीतिक क्षेत्र होस् वा अन्य क्षेत्र कुनैले पनि आफ्नाे दिशा के हो ? निक्र्यौल गर्न नसकेको कारण हरक्षेत्र दुषित बनेको यथार्थ हो । यही यथार्थलाई उद्घाटित गर्ने केही नमुनाहरूलाई दृष्टिप्रक्षेपण गरौँ ः

(क) लेखक पनि यही समाजको उपज हो । कुलतमा पर्न सक्छ । हेर तिम्रै अगाडि धुवाँ फुक्दै छु म । कथनी र करनीलाई ठ्याक्कै जीवनमा उतार्न सक्ने सर्जक त समाजमा उदाहरणीय ठहर्छन् । त्यस्ता सर्जक त शिला खोज्नुपर्छ । (मानिसको स्वभाव, पृष्ठ ३)

(ख) हाम्रा माझमा तालतालका ‘वरिष्ठ’ फेला पर्छन् । कसैको पुस्तकमा लेखभन्दा तारिफको भूमिका बढी पेज हुन्छ । कोही आप्mनो तारिफ गराएर ग्रन्थ निकाल्छन् । कोही आप्mनो जीवनका नराम्रा पाटो छेक्छन् र जीवनी लेख्छन् । कोही ५०० थान पुस्तकलाई ५००० थान लेखाउने र एक वर्षमा तीन संस्करण देखाउने । कोही ठूलो पुरस्कार जिप्ट्याएका, कोही गतिलो उपाधि पड्काएका, कोही भागबन्डामा परेकाहरूकै नाम वरिष्ठमा दरेका देखिन्छन् । यस्तो छ हाम्रो ज्ञान मापनको तरिका । (साहित्यिक विकृति, पृष्ठ ६)

(ग) सशक्त पार्टीका कार्यकर्ता – जुत्ता खाने आफ्ना महानायकलाई यो प्रदर्शनीले घोर अपमान गरेको ठहरिने हुँदा प्रदर्शन तुरुन्तै बन्द गरी सो जुत्ता हाम्रो पार्टीलाई ससम्मान फिर्ता गर्नुपर्ने अन्यथा सो घर तोडफोड वा आगजनी गरी ध्वस्त पार्ने अनुरोध र चेतावनीका साथ माननीय गृहमन्त्रीज्यूमा यो २४ घन्टे अल्टिमेटम बुझाएका छौँ । (राजनीतिक विकृति, पृष्ठ १२)

(घ) हास्यव्यङ्ग्य निबन्धमा उखान, टुक्काको प्रयोगले निबन्धलाई सशक्त बनाएको हुन्छ, त्यसको प्रयोग उचित ठाउँमा भयो भने । यसमा आवश्यकता अनुसार विभिन्न उखानको प्रयोग भएको छ ; रिस उठे भुस कुट । सुनको फुल पार्ने पोथी । बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि । अब के गर्नु उही…के सक्यो दैलो देख्यो । पूजा र भुजामा बस्दा थुतुनो नचलाउनू । साउँको भन्दा ब्याजको मायाँ ।

यस्ता अनेकौँ उदाहरण यहाँ दिन सकिन्छ । जीवनका आरोहावरोहमा स्वयं निबन्धकारले देखे-भोगेका सन्दर्भहरूलाई कतै स्वयं पात्र बनेर, कतै विविध पात्रहरूलाई समाविष्ट गरी निबन्धलाई राचक र घोचक बनाइएको छ ।

४. विषयान्त एवं कवितात्मक भावना
यस निबन्धसङ्ग्रहको सन्दर्भमा मनमा उठेका भावनालाई कवितामा उतार्दै यो समीक्षात्मक दृष्टिकोणबाट बिदा लिन्छु ।
को वरिष्ठ ?’ यहाँ भन्दै हास्यव्यङ्ग्य प्रचूर छ
‘आर्सी रिजाल’को तीखो लेखनीमा विचार छ ।
शब्दका अस्त्र छन् तीखा विकृति र विसङ्गति
समाजभित्रको द्वन्द्व सरल भावमा गति ।१।

स्थायित्वको कुराबाट पर हट्ने कुराहरू
निबन्धले नयाँ भाव-यज्ञमा छर्दछन् चरु ।
कतै साहित्यको खोजी कतै राजनीति कुरा
कतै छ राष्ट्रको चिन्ता कतै छ घरको कुरा ।२।

वितृष्णा छ कतै पूरा संस्कार छ यहाँ कतै
कतै छ झुठको खेती शिक्षा-दीक्षा यहाँ कतै ।
सहिष्णुता यहाँ छैन देशको महिमा कता ?
निर्बन्धले खुलाएको म देख्छु मानुषी कथा ।३।

स्वतन्त्रता यहाँ छैन जनको भावना कहाँ ?
सबै छन् निमुखाजस्ता शिष्टता त कहाँ कहाँ ?
भावनाका बुँदा टिप्दै लेखनी शिष्टता जहाँ
‘को वरिष्ठ ?’ भनी एक यथार्थ धारमा यहाँ ।४।

स्रष्टाको भावना बोल्छ सेवा साहित्य-जीवन
निरन्तर चलेको छ भेटिन्छ सूक्ष्म दर्शन ।
स्रष्टा-द्रष्टा दुवै यात्रा साफल्य परिणाममा
लेखनी यो चलोस् तीक्ष्ण बधाई शुभकामना ।५।

०००
२०७९ श्रावण ९ गते । धुम्बाराही, काठमाडौँ ।
‘अभिव्यक्ति’ द्वैमासिक २०७९ श्रावण अङ्क ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad