साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्तप्रति

भाषा जीवनशक्तिका सँगसँगै सामर्थ्यमा भानु हौ, जो एकत्व विचारले गति लिँदा कर्तव्यमा भानु हौ, पैलो ज्योति बन्यौ समाज हितमा आदर्शमा भानु हौ, हे स्रष्टा ! कृति मार्गदर्शक बनी अभ्यर्थना भानु हौ ।

Nepal Telecom ad

ठाकुर शर्मा भण्डारी

स्रष्टा भानु विचारमा प्रगति हुन् अध्यात्ममा चेत हुन्
भाषा-भानु समाजका सृजन हुन् साहित्यका दीप हुन्
यो साहित्यिक क्षेत्रमा चहकिला आलोकका द्योतक
साराको मनमाझमा बसिदिने सम्पूर्णका प्रेरक ।१।

माटोको ममता सुधार-पथमा सङ्घर्ष गथ्र्यौ तिमी
जो साहित्यिक अर्चनातिर हिँडी सौन्दर्य भयौ तिमी
सन्ध्या होस् कि बिहान रात-दिन होस् भाषा तिखार्थ्याै तिमी
हे स्रष्टा ! हित कार्यको सँगसँगै आँखा उघार्थ्याै तिमी ।२।

आस्थाको महिमा सबैतिर दियौ मुस्काउँछन् साधना
जो रामायण गाउँदै सकलमा भर्दै गयौ चेतना
चोखो सुन्दर मार्गमा गति लिँदा सत्यार्थको नादमा
धेरै सर्जक साधनातिर झुके स्रष्टा बनायौ यहाँ ।३।

आस्थामा कवि बाँच्दछन् युगयुगौँ सत्प्रेरणा भर्दछन्
सारा सार उदाउँछन् सँगसँगै एकत्वमा चल्दछन्
यस्ता भद्र समाजका हृदय हुन् पूर्णत्व आधार हुन् छन्
सम्मानित दीर्घकाल भवको सन्मार्गमा व्यक्त छन् ।४।

भाषा जीवनशक्तिका सँगसँगै सामर्थ्यमा भानु हौ
जो एकत्व विचारले गति लिँदा कर्तव्यमा भानु हौ
पैलो ज्योति बन्यौ समाज हितमा आदर्शमा भानु हौ
हे स्रष्टा ! कृति मार्गदर्शक बनी अभ्यर्थना भानु हौ ।५।

०००
२०८० असार २९ गते शुक्रवार, भानुजयन्ती ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x