सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भानुभक्तप्रति

भाषा जीवनशक्तिका सँगसँगै सामर्थ्यमा भानु हौ, जो एकत्व विचारले गति लिँदा कर्तव्यमा भानु हौ, पैलो ज्योति बन्यौ समाज हितमा आदर्शमा भानु हौ, हे स्रष्टा ! कृति मार्गदर्शक बनी अभ्यर्थना भानु हौ ।

Nepal Telecom ad

ठाकुर शर्मा भण्डारी

स्रष्टा भानु विचारमा प्रगति हुन् अध्यात्ममा चेत हुन्
भाषा-भानु समाजका सृजन हुन् साहित्यका दीप हुन्
यो साहित्यिक क्षेत्रमा चहकिला आलोकका द्योतक
साराको मनमाझमा बसिदिने सम्पूर्णका प्रेरक ।१।

माटोको ममता सुधार-पथमा सङ्घर्ष गथ्र्यौ तिमी
जो साहित्यिक अर्चनातिर हिँडी सौन्दर्य भयौ तिमी
सन्ध्या होस् कि बिहान रात-दिन होस् भाषा तिखार्थ्याै तिमी
हे स्रष्टा ! हित कार्यको सँगसँगै आँखा उघार्थ्याै तिमी ।२।

आस्थाको महिमा सबैतिर दियौ मुस्काउँछन् साधना
जो रामायण गाउँदै सकलमा भर्दै गयौ चेतना
चोखो सुन्दर मार्गमा गति लिँदा सत्यार्थको नादमा
धेरै सर्जक साधनातिर झुके स्रष्टा बनायौ यहाँ ।३।

आस्थामा कवि बाँच्दछन् युगयुगौँ सत्प्रेरणा भर्दछन्
सारा सार उदाउँछन् सँगसँगै एकत्वमा चल्दछन्
यस्ता भद्र समाजका हृदय हुन् पूर्णत्व आधार हुन् छन्
सम्मानित दीर्घकाल भवको सन्मार्गमा व्यक्त छन् ।४।

भाषा जीवनशक्तिका सँगसँगै सामर्थ्यमा भानु हौ
जो एकत्व विचारले गति लिँदा कर्तव्यमा भानु हौ
पैलो ज्योति बन्यौ समाज हितमा आदर्शमा भानु हौ
हे स्रष्टा ! कृति मार्गदर्शक बनी अभ्यर्थना भानु हौ ।५।

०००
२०८० असार २९ गते शुक्रवार, भानुजयन्ती ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल